
सकिल अहमद राई
नेपालगन्ज, २३ मंसिर – बाँकेको नेपालगन्जमा हजारौं नागरिकहरुले सडकमा उत्रीएर भ्रष्टाचार बिरुद्ध ऐक्येबद्धता सहित सामुहिक सन्देस प्रवाह गरेका छन् ।
भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘भ्रष्टाचार विरुद्धका लागि सँगै हिँडौं’ (भितक धबपि तयनभतजभच ायच ब्लतष्(अयचचगउतष्यल) भन्ने नारा साथ नेपालगन्ज वाकाथन कार्यक्रम भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले आयोजनामा भएको हो ।

सरकारी निकाय, गैरसरकारी संस्था, ब्यवसायिक प्रतिष्ठान, विभिन्न समिति तथा संगठनहरु, शैक्षिक क्षेत्र लगायत आम नागरिकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले भ्रष्टाचार बिरुद्धका नाराहरु अंकित प्लेकार्ड, झाँकी प्रदर्सन, राष्ट्र भक्तीपूर्ण गितहरुमा साँस्कृतीक प्रस्तुतीकरण तथा गितहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा भ्रष्टाचार बिरुद्ध मन्तब्य समेत राखिएको थियो ।

यसै बिच नेपालगन्ज वाकाथनको समापन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले भ्रष्टाचार समाज विकासको बाधक रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले गर्नुपर्ने काम नगर्ने र गर्न नहुने काम गर्ने कार्य भ्रष्टाचार हुने भन्दै सबैलाई निति नियम र कानुनको परिधिभित्र रहेर काम गर्न अपिल गरे । भ्रष्टाचार बिरुद्धको अभियानमा ठुलो सख्यामा भएको सहभागिताले भ्रष्टाचार बिरुद्धको सन्देश विश्व सामु पुगेको बताए ।

नेपालगन्ज वाकाथनमा चर्चीत कलाकार प्रकाश सपुतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा यो देश मेरो पनि हैन र, बोल माया लगायत चर्चीत देश भत्तिले ओतप्रोत गितहरु स्टेज मार्फत गाउँदा कार्यक्रममा उपस्थित आम नागरिकहरुले तालिको गडगडाहटले उनको गितको सम्मान गरेका थिए । आफ्नो प्रस्तुतीकरणका बिच बोल्दै कलाकार सपुतले भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागि हुन पाएकोमा खुसी लागेको बताएका थिए । बासले थालेको अभियानले सार्थकता पाउने भन्दै सबै नागरिकहरुलाई उक्त अभियानमा सामेल हुन उनले अपिल गरेका थिए ।

हामी भ्रष्टाचार बिरोधी हौं, भ्रष्टाचार सहन्नौ, सदाचार बिर्सन्नौ, भ्रष्टाचार गर्दैनौ, भ्रष्टाचार हुन दिन्नौ, भ्रष्टाचार क्यान्सर हो यसको समयमानै अन्त्य गर्नुपर्छ लगायतका नाराहरु सहित सहभागिहरुले भ्रष्टाचार बिरुद्ध सन्देस प्रवाह गरेका थिए । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, विभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बासका केन्द्रीय महासचिब शिवकुमार बर्माले गरेका थिए । बासको आयोजना, अन्तरालको ब्यवस्थापन तथा विभिन्न दुई दर्जन बढी सरकारी निकाय तथा संघसंस्था र ब्यक्तिहरुको सहयोग सहकार्यमा भएको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यले नेपालगन्ज वाकाथनको आयोजना गरिएको हो ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्र सँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएको छ ।
