Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त

नेपाल स्काउटको संयोजकमा दाहाल नियुक्त

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गर्नुभएको हो ।२०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त हुनुभएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त हुनुभएको छ । उहाँलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोषकुमार थापा, शिबप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएको छ । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाउनु भएको छ ।नवनियुक्त पदाधिकारीहरुल...
कामना सेवा फुटसल कप हुने

कामना सेवा फुटसल कप हुने

आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० मंसिर – कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक, विमा तथा विभिन्न वित्तिय संस्थालाई समावेश गर्दै पुसको ९ र १० गते प्रतियोगिता आयोजना हुने भएको हो ।सोमबार एक कार्यक्रमका बीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक रुपमा घोषणा गर्नुभयो । सञ्चालक सुवेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताउनुभयो । सिईयो बस्नेतले कर्पोरेट क्षेत्रभित्रका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले मदत गर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाबीच आपसी सम्बन्ध र सहकार्य स्थापित गर्न यस्ता प्रतियोगिताले योगदान गर्ने उल्लेख गर्नुभयो ।प्रतियोगितामा बैंक त...
पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न

पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २० मंसिर – पत्रपत्रिकाको वर्गीकरण समयमा नै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनु पर्ने तथा पत्रकार आचार संहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् ।पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले विभिन्न सुझावहरू राखेका थिए । प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडिया माथि धेरै प्रश्न उठने गरेकाले चुनौतीका पहाड चिर्दै अघि बढ्ने बताउनुभयो । उहाँले पत्रकार आचार संहिताले गर्न हुँदैन भनेको कार्यलाई गर्ने परिपाटीले पत्रकारिता बदनाम बन्दै गएको बताउनुभयो ।पत्रपत्रिकाको वर्गीकरण लामो समयसम्म रोकिंदा स्वरोजगारमुलक पत्रिकालाई समस्या परेकाले वर्गीकरणको नतिजा छिट्टै आउने स्पष्ट पार्नुभयो । अध्यक्ष...
नेपालगन्जमा महिला स्वास्थ्य स्वयमसेविकाको सम्मान

नेपालगन्जमा महिला स्वास्थ्य स्वयमसेविकाको सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ मंसिर – १८ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका दिवस–२०७८ को अवसर पारेर नेपालगन्ज उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गरेको छ ।नगरका २३ वटा वडामा कार्यरत मध्ये २३ जनालाई दिवसको अवसरमा सम्मान गरिएको हो । दिवसको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लेखा अधिकृत लोकेन्द्र रावत लगायतले महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सम्मान गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले स्वास्थ्य क्षेत्र सुधारका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरुको महत्वपूर्ण...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन महामन्त्रीमा डा. धवल शम्शेर राणा बिजयी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन महामन्त्रीमा डा. धवल शम्शेर राणा बिजयी

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १९ मंसिर – आज बिहान सकिएको मतगणना अनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो । लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए ।अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन् । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन् । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन् ।थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस...
प्रधानमन्त्रीको घोषणाले काँग्रेसी नेता कार्यकर्ता उत्साहित

प्रधानमन्त्रीको घोषणाले काँग्रेसी नेता कार्यकर्ता उत्साहित

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाडौं, १८ मंसिर – कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । शुक्रबार कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको अगुवाईमा ल्याइएको स्मरण गराए । कांग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको स्मरण गराउँदै उनले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो । कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गर्‍यो । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बन...
नेपालमा पर्यटक आगमन सुधरिँदा चिनिया पर्यटक नगन्य

नेपालमा पर्यटक आगमन सुधरिँदा चिनिया पर्यटक नगन्य

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १८ मंसिर – कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ ।चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त नागरिक मात्र आएका छन् । तर, अन्य मुलुकबाट भने नेपालमा भ्रमणकै प्रयोजनमा मानिसहरु आउन थालेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा (३ हजार ७८२ (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन् । एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन् । यो कुल आगमनको मात्र १.३९ प्रतिशत ह...
नेपालकाे हित चीनले कहिले चाहेना : नेता मिश्र

नेपालकाे हित चीनले कहिले चाहेना : नेता मिश्र

आस्था, प्रदेश २, राजनीति, समाचार
जनकपुर, १८ मंसिर – नेपाली राजनितीमा एक्कासी चिनियाँ हस्तक्षेप बढेको प्रति लोकतान्त्रिक समाजवार्दी पार्टीका नेता मनिष कुमार मिश्रले चिन्ता व्यक्त गरेका छन् । आफ्नो स्वार्थ मात्र हेर्न र पुरा गर्न पल्केका चिनले नेपाल प्रति कहिले सहयोगी भुमिका निर्वाह नगरेको नेता मिश्रले बताए । उनले हाम्रो नेपालसंग रोटी र बेटीको सम्बन्ध भएको भारतसंको मित्रतामा चिसोपना पैदा गर्न चिनले पटक पटक भुमिका खेलेको भन्दै चिनले कहिले पनि भारतको मित्र बन्न नसक्ने आश्य व्यक्त गरे । उनले चिनियाँकै बदमासीका कारण नेपालमा धर्म परिवर्तन जस्ता अपराधिक गतिविधी बढेको र नेपाली जनताहरु बढी पैसामुखी भएको बताए । चिनले नेपालमा आफ्नो दबदबा सिर्जना गर्नै कोसिस पटक पटक गरेको भन्दै चिनले नेपालमा आफ्नो हुकुमत देखाउन खोजेको बताए । नेपालमा आगो लाग्दा भारत पनि जल्छ उनले नेपाल र भारतको सम्बन्ध नङ्ग र मासुको जस्तो भएको जिकिर गर...
नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पर्सा, १८ मंसिर – भारतीय रेल्वे कम्पनीबीच सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेल ल्याउन प्रतिस्पर्धा बढेपछि नेपाली आयातकर्तालाई फाइदा हुन थालेको छ । प्रतिस्पर्धाको कारण तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहहरूबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत सस्तिँदै गएको छ ।यसअघि भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकरको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै वर्षको सेम्टेम्बर १५ मा पहिलोपटक भारतको निजी क्षेत्र हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । अढाई महिनाको अवधिमा हिन्द टर्मिनलले मात्रै भारतको विभिन्न बन्दरगाहबाट १५ पटक आफ्नो रेल्वे र्‍याकमा नेपाली आयातकर्ताको मालबस्तु बोकेका कन्टेनर वीरगन्जसम्म ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । मंगलबार भारतीय निजी क्षेत्रको अर्को ...
चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने

चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने

आस्था, प्रदेश ५, विदेश, समाचार
पेरिस, १८ मंसिर – चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले सँगै काम गर्नुपर्ने बताएका छन्। विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न दुवै पक्षले सँगै काम गर्नुपर्ने बताएका हुन्। अमेरिकी सुरक्षा सचिव वेन्डी शेम्र्यान र युरोपियन एक्सटर्नल एक्सन सर्भिसका महासचिव स्टेफानो सानिनोबीच भएको उच्च स्तरीय बैठकपछि दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न आफूहरु मिलेर काम गर्ने बताए। विवादीत एसिया प्रशान्त क्षेत्रमा चीनले आपत्तिजनक र एकपक्षीय गतिविधि गरेको भन्दै दुवैले गम्भीर चिन्तासमेत व्यक्त गरेका छन्। ‘दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवान स्ट्रेटमा चीनको मनोमानी चलिरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘चीनको सो गतिविधिले शान्ति र सुरक्षामा सिधा असर पुर्‍याएको छ। चीनको सो गतिविधीलाई रोक्न र सन्तुलन गर्न हामीले मिलेर काम गर्नुपर्छ...