Wednesday, April 22सत्यम खबर
Shadow

बजेट फ्रिज नगरी तिब्रता दिन मन्त्री अथकको निर्देशन

नेपालगन्ज, २२ मंसिर – नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिनुभएको हो । बिकास निर्माणको अवस्था र आई परेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण गराउनु भयो ।


करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनै पनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यालय प्रमुखहरुका बिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दवाब सृजना गर्न लगाउनु पर्ने बताउनुभयो ।
त्यसक्रममा सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुन लागेका सडक तथा पुल र विकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखहरुसँग जानकारी लिने काम भएको थियो ।
बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन । यसअघि मन्त्री अथकले मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरुसँग छलफल गर्नु भएको थियो । राष्ट्रिय युवा परिषदको कार्यक्रममा सहभागी हुन बाँके पुग्नु भएका मन्त्री अथक आज काठमाण्डौं फर्किनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *