
नेपालगन्ज, २३ मंसिर – “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका सथ १६ दिने महिला हिंसा विरुध्दको अभियान अन्तर्गत आज विहिबार अन्तरपार्टी महिला सञ्जाल बाँकेले दिप प्रज्वलन कार्यक्रम गरी मनाएको अन्तरपार्टी महिला सञ्जाल बाँकेका सचिव अछरी पोखरेलले जानकारी गराइन ।
म हिंसा सहन्न, म हिंसा गर्दीन, म हिंसा हुन दिन्न भन्ने प्रतिबद्वताका साथ लैंगिक हिंसा अन्त्य होस, महिला वा पुरुष कसैले पनि हिंसा खेप्न नपरोस सबैमा सकारात्मक सोचको विकास होस भन्ने उद्देश्यले यो दिवश प्रत्येक बर्ष मनाउने गरीन्छ । १६ दिने महिला हिंसा विरुध्दको अभियान अन्तर्गत नेपालगन्जको विपि चोकमा जम्मा भएर दिप प्रज्वलन गरीएको छ ।
कार्यक्रमका नेपालगन्ज उप–महानगरपालिका प्रमुख अथिति सामाजिक महाशखा प्रमुख शोभा शाहले हिंसाको प्रतिकार गर्नु पर्ने बताउनु भयो । प्रमुख अथिति समेत रहनु भएको शखा प्रमुख शाहले महिला हिंसा गर्नु मात्र नभएर सहनु पनि हिंसा हो भन्नु भयो ।
उहाँलाइ नेपालगन्ज उप–महानगरपालिकाले सबै क्षेत्र, वर्ग, समुदाय सबैलाइ समेटेर लैंगिक हिंंसाका कार्यक्रम गरीरहेको बताउनुभयो । उहाँले हिंसा न्युनीकरणको निम्ति शूरुवात घरैबाट भयो भने घरबाहिर पनि न्युनीकरण हुँदै जाने भन्दै महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन हुन पनि जोड दिनु भयो ।
यसैगरी नारीकल्याण समाजका कोषाध्यक्ष रचना श्रेष्ठले लैंगिक हिंसा न्युनीकरणको निम्ति सबैतिर बाट पहल हुन जरुरी रहेको बताउनु भयो । प्रनानी दिलसरा रानाले लैंगिक हिंसाका घटना प्रहरीमा अत्याधिक मात्रमा दर्ता भएको पनि बताउनु भयो । उहाँले कानुन बनेर मात्र लैंगिक हिंसा अन्त्य नहुने सोच परिवर्तन हुनु पर्ने बताउनु भयो ।
अन्तरपार्टी महिला संजाल बाँकेका अध्यक्ष अम्बीका काफ्लेको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा संजालका उपाध्यक्ष गीता रानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
दिप प्रज्वलन कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, महिला सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव विना श्रेष्ठ, अन्तरपार्टी महिला संजालका निबर्तमान अध्यक्ष रेखा गुप्ता, सदस्यहरु नारायणी रुपाखेति,रिचा द्धवेदी, रत्न राणा, प्रसनी सुमित्रा राना, प्र.अ.कमला चौधरी, प्र.ज.रजनी मल्ल, अनेमसंघ नगरका अध्यक्ष मनकुमारी सिलवाल, शक्ति समुहका निर्मला पौडेल, नेकपा एमाले जिल्ला कमिटिका सदस्यहरु गगा लम्साल, सरला विष्ट, अनिता थापा, सुमन गीरी, सामाजिक अभियान्ता साहिल अन्सारी लगायत ५ दर्जन बढिको सहभागिता रहेको थियो ।
