खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई
काठमाण्डौं, ३ माघ - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नु भएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री अथकले बिदाई गर्नु भएको हो ।
प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेल क्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।”
बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङको अन्तर्राष्ट्रिय अध्य...









