Thursday, June 25सत्यम खबर
Shadow

आस्था

भारतको विश्वव्यापी छवि धमिलो पार्ने प्रयास भइरहेको छ :प्रम नरेन्द्र माेदी

भारतको विश्वव्यापी छवि धमिलो पार्ने प्रयास भइरहेको छ :प्रम नरेन्द्र माेदी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ माघ - भारतकाे विश्वव्यापी छवि धमिलाे पार्ने प्रयास भईरहेकाे छ । ब्रह्मा कुमारी र अन्य अन्तर्राष्ट्रिय निकायहरूले विश्वभरका मानिसहरूलाई सही जानकारी दिएर यसको प्रतिरोध गर्न सक्छन्, प्रधानमन्त्री नरेन्द्र मोदीले भने । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार चेतावनी दिएका थिए, उनले 'आजादी के अमृत महोत्सव से स्वर्णिम भारत के ओरे' को उद्घाटन गर्दै 'आजादी का अमृत महोत्सव' लाई समर्पित ब्रह्मा कुमारीहरूको पहल बारे चर्चा गर्दै' ‘यसलाई राजनीति मात्रै हो भनी गलैंचामुनि कुच्न मिल्दैन । यो हाम्रो देशको प्रतिष्ठाको प्रश्न हो,’ उनले थपे । प्रधानमन्त्री मोदीले ब्रह्मा कुमारी र अन्य अन्तर्राष्ट्रिय निकायहरूले भारत विरोधी प्रचारको सामना गर्न कस्तो भूमिका खेल्न सक्छन् भन्ने पनि विस्तृत रूपमा जानकारी दिएका छन् । "तपाईले यो सुनिश्चित गर्नु पर्दछ कि विभिन्न देशहरूमा मानिसहरूलाई सही जानकारी प्रदा...
युनियन इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

युनियन इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ माघ - पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सामाजिक सेवामा समेत अग्रसर हुँदै आएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई न्यानो कपडा वितरण कार्यक्रम गरी इन्स्योरेन्स कम्पनीले सामाजिक सेवामा अग्रसर भएको देखिन्छ । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरीएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी गराए । इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक ढकालका अनुसार नेपालगन्जमा न्यानो कपडा स्वरुप करिव ४७ जनालाई कम्बल वितरण गरीएको जनाकारी गराउँदै खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम रहेको जानकारी दिए । २०७८ सालक...
नेपालीहरु चिनियाँ रवैयाले पुरपुरोमा हात राखेर रुँदै

नेपालीहरु चिनियाँ रवैयाले पुरपुरोमा हात राखेर रुँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ७ माघ – नेपाल-चीन सीमा ६ वर्षदेखि ठप्प छ । कहिले भूकम्प त कहिले केही, केही कोभिड महामारी देखाएर चीनले नाका खोल्न मानेको छैन । दैनिक ७/८ सय कन्टेनर भित्रिने नाका आजकल सुनसान छ । चीनले विभिन्न बहानाबाजी गरेर अघोषित रुपमा नाकाबन्दीकै स्वरुपमा नाकामा अवरोध गरेको छ । यो अवरोध कोभिड महामारी शान्त भइसकेपछि पनि जारी रह्यो । नेपालका प्रधानमन्त्री, राष्ट्रपति, विभिन्न मन्त्रीहरु र मन्त्रालयले पहल गर्दा पनि चीनले टेरेन । पछिल्लो समय नेपालका चारवटा मन्त्रालय कृषि, उद्योग, अर्थ र परराष्ट्र मन्त्रालयले निरन्तर नाका खोलिदिन पहल गरेका छन् । त्यतिमात्रै होइन वाणिज्य मन्त्रालयबाट सरुवा भएर ल्हासास्थित नेपाली महावाणिज्यदूत बनेर गएका सहसचिव नवराज ढकालले तिब्बतबाट पहल गरिरहेका छन् । तर चिनियाँ रवैयामा कुनै सुधार छैन । नाका खोल्न मानेकै छैन । जसका कारण नेपाली व्यापारी, किसान र उपभोक्ता मा...
मानव–वन्यजन्तु सहअस्तित्वका लागि वन्यजन्तु पीडितलाई रोजगारी प्रदान गरौः

मानव–वन्यजन्तु सहअस्तित्वका लागि वन्यजन्तु पीडितलाई रोजगारी प्रदान गरौः

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
शुक्रवार, २०७८ माघ ७ गते रमेश थापाठाकुरद्वारा, बर्दियानेपालले वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणमा राम्रो सफलता हाशिल गरेको छ । खासगरिकन संरक्षणमा स्थानीय समुदायको सहभागितापछि नै सफलताका कथाहरु लेखिन थालेका हुन । सामुदायिक वनको अवधारणा पछि वन क्षेत्रको र मध्यवर्ती क्षेत्रको अवधारणा पछि संरक्षित क्षेत्रको संरक्षणमा स्थानीय समुदायको सहभागिताले संरक्षणमा नया आयाम थपेको कुरा प्रष्टसँग देख्न सकिन्छ । आजकल त “संरक्षणमा स्थानीय समुदायको सहभागिता अपरिहार्य छ, स्थानीय समुदायको सहभागिता बिना प्रभावकारी संरक्षण हुनैसक्दैन” भन्ने गरेको पनि पाइन्छ । हाल नेपालको तराई क्षेत्रमा मानव वन्यजन्तु द्वन्द त्यसमा पनि मानव–हात्ती द्वन्द र मानव–बाघ द्वन्द समाधान चूनौतिको बिषय बनेको छ । खासगरिकन संरक्षित क्षेत्र तथा सो संग जोडिएको भू–भाग र भारतीय सिमावर्ती क्षेत्र यो समस्याबाट बढि प्रभावित रहेको छ । म...
चीनले मधेश सरकारसंग मिलिमताेमा कमला नदीलाई भण्डारका लागि कब्जामा लिने याेजना

चीनले मधेश सरकारसंग मिलिमताेमा कमला नदीलाई भण्डारका लागि कब्जामा लिने याेजना

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
जनकपुर, ७ माघ – सिन्धुली हुँदै उदयपुर, सिराहा र धनुषा जिल्लाको सिमाना भएर बग्ने तराईको महत्त्वपूर्ण नदी कमलामा चीन सरकारले भण्डारको लागि प्रयोग गर्न भन्दै मधेस प्रदेशको सरकारसँग मिलेमतोमा कब्जामा लिने कोसिस गरेको छ।चीनले नेपालको तराई क्षेत्रमा रणनीतिक महत्त्वका साथ आफ्ना गतिविधि सञ्चालन गर्ने क्रममा कमला नदीमा नजर लगाउन सुरु गरेको छ। मधेस प्रदेशमा उपेन्द्र यादव समूहको जसपा नेतृत्वको सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयले भण्डारण तथा अन्य प्रयोजनका लागि चिनिया कम्पनीलाई अनुमति दिइसकेको छ। परम्परागत रूपमा हिमाली क्षेत्रमा आफ्नो प्रभाव राख्दै आएको चीनले तराई क्षेत्रमा समेत आफ्नो प्रभाव बढाएको रूपमा यसलाई लिइएको छ। चीनको निर्माण कम्पनी चीन रेल्वे न. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले कमला नदिमा भण्डारण र अन्य प्रयोजनको लागि लाइसेन्स लिइसकेको छ। अघिल्लो वर्ष मात्र चीनको एल एल इ यु वि...
खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्झाैता

खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्झाैता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ - रैथाने र राष्ट्रिय खाद्य बैंकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खाद्य क्षेत्रमा भएको विद्यमान आवश्यकतालाई परिपूर्ति गर्न र भावी पुस्ताहरुको लागि खाद्यान्न सम्प्रभुता संरक्षण गर्न “पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ कृषिलाई औद्योगिकीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सम्झाैता भएको जनाइएको छ । दुइ संस्थाको बीचमा नेपालको मौलिक कृषि बाली, ज्ञान र सिपहरुको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्ने र स्वदेशमै रोजगारी सृजनाका लागि कृषि र पर्यटनमा एकीकृत अवधारणा सम्बन्धी योजना कार्यन्वयनमा सहकार्यका प्रारम्भिक सम्झौता भएको हो । नेपालका ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आधारित छन् । कुल राष्ट्रिय उत्पादनको करिब ३२ प्रतिशत हिस्सा, कृषिले ओगटेको छ । उत्पादन बृद्धि गर्ने हेतुले आयातित बिउ बिजन, रासायनिक मल तथ...
जेष्ठ नागरिकलाई धमाधम न्यानो सामाग्री वितरण

जेष्ठ नागरिकलाई धमाधम न्यानो सामाग्री वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ६ माघ - डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो । गाउँपालिकाको वार्ड नंं.१ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८/०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भईरहेको छ । बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि घरैस...
नेपाल पेनकेक सिलात मार्शल आर्ट बाँकेको अध्यक्षमा कार्की आकाश कसौधन

नेपाल पेनकेक सिलात मार्शल आर्ट बाँकेको अध्यक्षमा कार्की आकाश कसौधन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ माघ - नेपाल पेनकेक सीलात मार्शल आर्ट खेलकुद को संगठन बाँके मा विस्तार भएको छ । बैठकले अर्जुन कार्की को नेतृत्व मा सचिव भीम बहादुर नेपाली उपाध्यक्ष इमाम खाँ र कोषाध्यक्ष आकाश गुप्ता लगायत ९ जनिये समिति गठन गरेको छ । बैठक अखिल क्रान्तिकारीका केन्द्रीय नेता ताराप्रसाद खत्री यस खेलका प्रशिक्षक गोविन्द चौधरी र यस खेलका बर्दिया जिल्ला उपाध्यक्ष खिमबहादुर खड्काको विशेष उपस्थितिमा बसेको थियो ।...
खरेलको नेतृत्वमा स्वास्थ्य सामग्री हस्तान्तरण

खरेलको नेतृत्वमा स्वास्थ्य सामग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
आकाश गुप्तानेपालगन्ज, ५ माघ - नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण गर्ने योजना अनुसार आज बुधबार भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेकपा ( माओवादी केन्द्र ) बाँके का अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्दबहादुर चन्दलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । अस्पताल बिकास समिति सदस्य धनिराम ओलि र कृष्ण श्रेष्ठ एवम् अस्पतालका प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तारा प्रसाद खत्री (प्रमेश) लगायतका नेताहरुको उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ । भेरी अस्पताललाई हस्तान्तर गरिएकाे स्वास्थ्य सामाग्रीहरूमा एन्टिजेन किट्स - २ बकस, अक्सिजन सिलिन्डर (ठूलो) - १ थान, मास्क - १५ प्याकेट, पिपिइ - १० सेट, पल्स अक्सि...
नेकपा एमालेमा चुनाबी अभियान बारे छलफल

नेकपा एमालेमा चुनाबी अभियान बारे छलफल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ४ माघ - लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा निर्बाचनमा भाग लिएका एमालेका उम्मेदवारलाई बाँके बर्दियाका जनप्रतिनिधिसँग परिचय गराइएको छ । नेकपा बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार आज राष्ट्रिय सभाका उमेदबार कृष्ण सुनार, भारती खनाल र रामदयाल गुप्तालाई बाँके बर्दियाका जनप्रतिनिधि पार्टी नेता सहितको परिचयात्मक र चुनाबी अभियान बारे छलफल गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्य शिव डोटेल, आरती पौडेल, निरक गुरुङलगायतका नेताहरूको सहभागिता रहेको थियो ।...