Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

नागरिक संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा

नागरिक संवाद कार्यक्रममा जनप्रतिनिधिको प्रशंसा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ पाैष - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा आज नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज ४ को सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा आज बुधबार कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको हो । वडाबाट हुने सार्वजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आम नागरिकलाई सर्व सुलभ ढंगले सेवा प्रवाह गर्दै आएको जानकारी गराउनु भएको थियो । उहाँले आम नागरिकको गुनासो तथा समस्यालाई तुरुन्त समाधान गर्न र नागरिकको काममा विलम्ब गर्ने अधिकार कसैलाई नभएको बताउदै भन्नु भयो, जनतालाई दुख दिने कार्मचारीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । ...
दुर्गा राेकायकाे नेतृत्वमा प्रेस चाैचारी बाँके

दुर्गा राेकायकाे नेतृत्वमा प्रेस चाैचारी बाँके

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २८ पाैष - प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगन्जमा बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको ९ औं जिल्ला सम्मेलनले पत्रकार रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा विनोद भट्टराई, उपाध्यक्ष रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्रराज पौडेल, सहसचिव समावेशीमा भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्तफा कादरी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा जयपति ढकाल, रबिन्द्रसिंह ठकुरी, दिपेश आचार्य, यदुराज मिश्र, स्मृति देवकोटा, सोम गुरुङ, कृष्ण जिसी, गोपाल ओली, सपना परियार, अजमत अली, सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, पृति पटेल, मनोज कौसल, रमेशचन्द्र कुम्हाल, मोहम्मद मोहसिन, विजय परियार, जागेश्वर थारु र विजय परियार सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी लक्ष्मी चौधरी, दिनेश ठाकुर, प्रज्जवल श्रेष्ठ, ...
सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरि वितरण गर्न सर्बोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरि वितरण गर्न सर्बोच्चको अन्तरिम आदेश

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २८ पाैष - जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमाथी सुनवाइ गर्दै अदालतले बृद्ध भत्ता, जेष्ठ नागरिकहरुलाई व्यवहारिक रुपमा सहज र सरल तरिकाबाट वितरण गर्नुपर्ने भनेको छ । यस्तै असक्त हिडडुल गर्न नसक्ने विरामी तथा गाउँ गाउँमा बैंक नखुलेको र बैंकिङ्ग प्रर्णालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट जेष्ठ नागरिकहरुलाई दिइएको बृद्ध भत्ताको रकम समयमा निकासा नहुदा बृद्धहरुले प्राप्त गर्न नसकि सरकारले दिएको उक्त सुविधाको कार्यन्वयनमा समेत बाधा पुगेको अदालतको ठहर छ । भने जेष्ठ नागरिकहरुलाई पुर्ववत रुपमा बृद्ध भत्ता रकमको निकास नरोक्नु नरोकाउनु भनि व...
जेष्ठ नागरिकलाई कम्बल वितरण

जेष्ठ नागरिकलाई कम्बल वितरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ पाैष - लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन जन्मोत्सवको अवसर पारेर लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । साता व्यापी कार्यक्रम अन्तर्गत बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्ज उप–महानगरपालिकाको पुरैनीमा ४० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको हो । सामाजिक कार्यका लागि विश्वभर प्रख्यात संस्था लायन्स क्लब इन्टरनेसनल । जसले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिरहेको लायन्स क्लब अफ नेपालगन्ज भेरीको पुर्व अध्यक्ष सावित्री वस्नेतले बताउनु भयो । विश्वभरमा केल्भिनको जन्मोत्सवमा सामाजिक काम गर्ने गरिएको उहाँले बताउनु भयो । बुधबार लायन्स क्लब अफ नेपाल...
नेपालगन्जमा सञ्चालित खोप केन्द्र अव्यस्थित, खोप लगाउन आएकामाथि दुर्व्यवहार

नेपालगन्जमा सञ्चालित खोप केन्द्र अव्यस्थित, खोप लगाउन आएकामाथि दुर्व्यवहार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ पाैष - नेपालगन्ज उपमहागरपालिकामा सञ्चालित खोप केन्द्र अव्यवस्थित रुपमा सञ्चालन भइरहेको छ । नेपालगन्जमा पर्याप्त मात्रामा खोप केन्द्र सञ्चालन नहुँदा पनि खोप लगाउनेलाई विभिन्न प्रकारका समस्या झेल्नु परिरहेको छ । नेपाल सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको भिडभाड ह्वात्तै बढेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित हनुमानगढी मन्दिर परिसरमा सञ्चालनमा रहेको खोप केन्द्रमा पनि उत्तिकै भिडभाड देखिन्छ भने त्यहाँ खोप लगाउन आउने व्यक्तिमाथि दुव्र्यवहारका घटना पनि घटिरहेका छन् । घटनाः १– बुधबार २ घण्टा पालो कुरेर खोप लगाउन गएका डिल्लीरमण ओलीलाई खोपकेन्द्रका कृष्णप्रसाद केसीले दुव्र्यवहार गरेका छन् । करिब ढाइ घण्टा पालो कुरेर खोप लगाउन पुगेका ओलीलाई नगरप्रहरीले भित्र जान भनेपछि भित्र पसेका ओलीलाई केसीले भिडभाड धे...
रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ पौष – रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरेका थिए । च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ । माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।मंगलबार एक समारोहका बिच विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष दिर्घबहादुर केसी कुमार, एन्फा सदस्य प्रदेश सिंह राठौंर, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा बर्दिया जिल्...
पृथ्वी जयन्तीमा नेपाल शिवसेनाकाे माेटर साईकल र्याली

पृथ्वी जयन्तीमा नेपाल शिवसेनाकाे माेटर साईकल र्याली

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ पाैष - नेपाललाई एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहकाे आज ३०० ओैं जन्मजयन्तीकाे अवसरमा विभिन्न कार्यक्रमहरू गरिएकाे छ । पृथ्वी जयन्तीको दिन नेपालगन्जमा विभिन्न धार्मिक संगठन तथा नेपाल शिवसेनाले एक सयभन्दा बढि मोटरसाइकल र्याली नेपालगन्ज परिक्रमा गरेको छन् । उक्त मोटरसाइकल र्याली नेपालगन्ज कारकाँदो हुँदै पुष्पलाल चोक, न्युरोड, त्रिभुवन चोक, विपि चोक हुँदै विरेन्द्र चोक, धम्बोजिमा आएर कोणसभा गर्दै आफ्नो एक मन्तव्य नेपाल शिवसेनाका केन्द्रीय सचिव मंगल जिएमले राखेका छन् । मन्तव्य राख्ने क्रममा सचिव मंगलले पार्टीको झण्डा मुनि बसेर रहेर हिन्दुराज्य र राजसंस्था नआउने बताएका छन् । हामीले पृथ्वीनारायण शाहको एकीकरण गरेको इतिहासमा विद्यालयदेखि विश्वविद्यालयसम्म रटाउने, घोकाउने क्रम यथावत् चलिरहेकै छ तर हिन्दुराज्य र राजसंस्था चाहिन्छ भनेर सम्पूर्ण पार्टीको झण्डा मुनिभन्दा राष्ट्रिय ...
डान्स बाँकेको बिजेता सुबिन तामाङ्ग

डान्स बाँकेको बिजेता सुबिन तामाङ्ग

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २७ पौष – मेरो प्लानेट नेपालगन्जमा भएको डान्स बाँके डान्सको ग्य्रान्ड फिनाले प्रतिस्पर्धा बिजेताकोे प्रथम स्थान सुबिन तामाङ्गले हासिल गरेका छन् ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१४ बालेगाउँ नजीक रहेको मेरो प्लानेटमा भएको ग्य्रान्ड फिनालेमा उपाधीका लागी विभिन्न जिल्लाका १७ जना प्रतिस्पर्धीहरु भिडेका थिए । रोयल डान्स प्रालिको आयोजनामा बाँके, बर्दिया, दाङ्ग, कैलाली जिल्लाको विभिन्न शहरहरुमा भएको अडिसनबाट छनौट भएर फाईनलमा प्रवेश गरेका १७ जना प्रतिष्पर्धि मध्ये टप १५ सम्मको उपाधी दिइएको थियो । १७ जना प्रतिष्पर्धीहरु माँझ भएको ग्य्रान्ड फिनालेमा बिजेता भएको उपाधी सुबिन तामाङ्गले हात पारेका छन् साथै नगद ५० हजार र प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।यसरी सो प्रतिस्पर्धामा दोस्रो उपबिजेताको रुपमा रहनु भएका अर्जुन तिवारीले नगद रु २५ हजार र तेस्रो स्थान भएकी दाङ्ग जिल्लाकी जुन...
जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु

जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २७ पौष – चिसो र शितलहरका बेला अहिले बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन् । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) र च्यवनप्राश वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार एक कार्यक्रमका विच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो । त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो बलांकेटले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । ग...
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डाै, २६ पाैष - पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् । काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।   २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ । तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पौष ३ गते पिक्नीक ...