
मितिः २०७८ माघ ३ गते
शुभम् शर्मा
राष्ट्र निर्माता स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह सरकारले टुक्रिएको बाइसे चौबिसे राज्यलाई एकीकरण गरेपछि उहाँले यसको सुरक्षा र समृद्धिबारे विभिन्न भनाईहरु राख्नु भएको थियो सो भनाई महावाणीमा उल्लेख रहेकोले आज नेपाली जनताले उहाँको उपदेश मनन गर्नुपर्ने जरुरी भई सकेको छ किनकि मुलुक २०६२–०६३ पछिबाट विभिन्न समस्यामा परेको छ अहिले लोकतन्त्र र गणतन्त्रको आडमा देशको प्राचीन धर्म संस्कृति सभ्यता र देव भाषा संस्कृतलाई लोप पार्ने प्रयास प्रमुख राजनीतिक दलहरुले गरेका छन् । यिनीहरुले विदेशी क्रिश्चियन राष्ट्रको डलर खाई यहाँ विदेशी संस्कृति र धर्म स्थापित गर्नमा लागी परेका छन् । यस्तो विधर्मी कार्यबाट देशका ८५ प्रतिशत नेपाली जनता आक्रोशित छन् । तर बहुसंख्यकहरुको मागतर्फ सरकारले कुनै ध्यान दिएको छैन जसको कारण यहाँ धर्मान्तरण तिव्रतम गतिले चलाइएको छ देशभरी क्रिश्चियम मिसनरीहरु चर्चको स्थापना गरी रहेका छन् । जनता गरिबीमा रहेको फाइदा उठाई सो मिसनरीहरु उनी गरीब जनतालाई थोरै सहयोग रकम दिई ललाई फकाई धर्मान्तरण गरी रहेका छन् ।
त्यस्तै केही विदेशी धर्म मान्नेहरु यहाँ शरणार्थी भएर भित्रिएका छन् । विगतमा भारतको कश्मीर राज्य अशान्त बन्दा त्यहाँबाट हजारौं हजारको संख्यामा कश्मीरी आई देशमा शरणार्थी भएर बसे अहिले ति कश्मीरी देशभित्रै हराएका छन् । अब म्यान्मारबाट भागेर आएका दशौं हजार रोहिंग्या शरणार्थी यहाँ भित्रिएका छन् । यिनी शरणार्थीहरुलाई केही राजनीतिक दलहरुले सहयोग पुर्याई रहेका छन् । जसको कारण ति रोहिंग्या शरणार्थी पनि देशमा हराउने सम्भावना बढेकोले बुझ्न सकिन्छ कि देश अब ठूलो खतरामा परी सकेको छ ।
यसअघि देशमा हजारौं हजार जनतालाई नेपाली नागरिकता उपलब्ध गराइएको थियो । यस्ता नेपाली नारिकता पाउनेहरुमा अधिकांश व्यक्ति भारतीय थिए सहज रुपले नागरिकता बाँडिएकोले यहाँ विदेशीको वर्चस्व बढेको छ । जसको कारण देशको वास्तविक नागरिक अल्पसंख्यक बन्न पुगेका छन् । यस्तो समस्या निरन्तर रुपमा बढी रहेको छ । प्रदेश नं. २ को सरकारले अब आफ्नो यहाँ रोहिंग्या शरणार्थी बसाउने र ति विदेशीलाई निर्वाचनमा भोट हाल्न पाउने कुराको वकालत गर्न शुरु गरेको छ । यस्तो कार्य एकदमै गलत रहे पनि केन्द्र सरकार भने यसप्रति मौन भई बसेको छ । जसबाट आगामी समय देश विदेशीको दास बन्ने तर्फ बढ्न थालेको छ । इतिहास साक्षी छ यो देश कहिल्यै पनि विदेशीको गुलाम रहेन यसको कारण थियो कि हाम्रा पुर्खा विदेशीबाट सजग र सचेत थिए यस कारण देश अहिलेसम्म सुरक्षित थियो तर अब विदेशी डलर खान देशका राजनीतिक दल तत्पर रहेकोले उनी विदेशी धर्म संस्कृति सभ्यता पोस्नेतर्फ लागेका छन् ।
अहिले त हदै भएको छ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी यहाँ भित्र्याउने प्रयासमा सरकार स्वयं नै लागेको छ यो एमसीसी यति खतरनाक छ कि यो यहाँ भित्रिए पहिले अमेरिकी सेना सुरक्षा मिलाउन आउने र त्यसपछि जनतालाई क्रिश्चियन बनाउन क्रिश्चियन पादरी पनि भित्र्याइने छ । यस्तो भयो भने एकतर्फ देशको प्राकृतिक सोत साधनको दोहन हुनेछ देशमा रहेको प्राकृतिक संसाधन विदेश तर्फ पठाइनेछ यसबाट देशको प्रमुख राजनीतिक दलका नेता झनै धनी बन्ने छन् तर देशको जनता अमेरिकाको गुलाम बन्नेछन् र अझ गरीब बन्नेछन् । पछि एमसीसीलाई फिर्ता पठाउन सकिँदैन र देश टुक्रिने खतरा बढ्नेछ । राष्ट्र निर्माता बडा महाराजाधिराज पृथ्वी नारायण शाह सरकारले भन्नु भएको थियो इसाई र मुसाई हाम्रा खुल्ला शत्रु हुन् यिनीलाई सीमाबाट नै कजाई दिनु तर अहिले दुर्भाग्य यो छ कि जसलाई मौसुफ सरकारले आफ्नो खुल्ला दुश्मन भन्नु भएको थियो । लोकतान्त्रिक, गणतान्त्रिक सरकार त्यस्तालाई अंगालो मार्ने प्रयासमा जुटेको छ र सो विदेशीको खुट्टामा लम्पसार भई रहेको छ । देशका प्रमुख राजनीतिक दल पथभ्रष्ट भई सकेका छन् ।
यस कारण अहिले देश खतरामा परेको छ । अब देश जोगाउने जिम्मेवारी नेपाली जनताको हो । यस कारण अब सम्पूर्ण राष्ट्रवादी देश बचाउनेतर्फ लाग्नुपर्ने जरुरी भई सकेको छ देश राष्ट्र निर्माता स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह सरकारको ३००औं जन्मजयन्ती हर्षाेल्लास मनाएको छ । यस वर्ष यो जन्मजयन्ती मनाउन जुन प्रकारले जनता बढीचढी ढंगले भाग लिए यसबाट के बुझिन्छ भने देशको प्राचीन धर्म संस्कृति सभ्यता जोगाउन नेपाली जनता सचेत र सजग भई सकेका छन् । यस्तो कार्यलाई रोक्ने प्रयास देशका प्रमुख राजनीतिक दलले गरे अब जनता सहनेवाला छैन । यसको कडा प्रतिकार गरिनेछ आवश्यकता परे व्यवस्था परिवर्तन चाँडै हुन सक्छ । सत्यमखबर डटकम परिवार राष्ट्र निर्माता स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह सरकारले एकीकरण गरी विशाल हिन्दु राष्ट्रको निर्माण गर्नु भएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँप्रति श्रद्धा सुमनको पुष्प श्रद्धाभक्तिले अर्पण गर्दछ ।
