Monday, April 13सत्यम खबर
Shadow

शिक्षा र स्वास्थ्य सम्बन्धी नागरिक संवाद सम्पन्न

नेपालगन्ज, २९ पाैष – युथ टुडे मिडिया नेटवर्क प्रा.लिको आयोजनामा बिहिबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले किशोरीहरुलाई लक्षित गरी सञ्चालन गरिएको कन्या माविमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गराईएको बताउँदै शिक्षक र शिक्षण संस्थालाई श्रोत साधन सम्पन्न बनाउने र दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्ने काम वडाको पहलमा भईरहेको बताउनु भयो । उहाँले नागरिकहरुबाट आएको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष बेहनाले बिपन्न तथा जेहनदार किशोरीहरुलाई आफनो व्यक्तिगत खर्चबाट पढाउने संवाद कार्यक्रममा प्रतिबद्धता गर्नु भएको थियो ।

नेपालगंज उपमहानगर पालिका वडा नं. ४ कि सदस्य एंव कार्यपालिका सदस्य इन्दीरा शाहीले स्वास्थ्य सेवाको प्रगतिको अवस्था वडामा सन्तोषजनक भएको बताउँदै जनताको चाहना अनुसार आफूहरु काम गर्न सफल भएको बताउनु भएको थियो ।

कार्यक्रममा शोभा थापाले, वडाले किशोरीहरुलाई शिक्षामा पहुँच बढाउनका लागि किशोरीहरूमा परस्पर सहयोग र सम्बन्ध स्थापना गरी आपसी भावनाको विकास गराउँदै आएको बताउनु भयो । उहाँले किशोरीहरुको आत्मसम्मान, आत्मबल, आत्मविश्वास बढाउनुका साथै किशोरीहरूलाई आफ्नो उमेरमा परिआउने जोखिमहरूबाट बच्न सक्षम बनाउने काम गरीरहेको जिकिर गर्नु भएको थियो ।

नागरिक संवाद कार्यक्रम सञ्चालन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले सहयोग गरेको भन्दै युथ टुडेका सञ्चालक आलम खानले वडा अध्यक्ष बेहना, सदस्य इन्दीरा शाही, जयपत्रा कोरी, मेनुका बैद्य, बरिष्ठ अधिकृत राजन केसी, वडा सचिव राजकुमार कार्की, लेखा अधिकृत हिरा सिहं डाँगी लगायतलाई सम्मान गर्नु भएको थियो ।
अध्यक्ष खानले जनताको मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य अधिकारको क्षेत्रमा जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो ।

युथ टुडे न्युज डट कम कि संवाददाता सोनाली गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा अध्यक्ष बेहना, सदस्य इन्दीरा शाही, जयपत्रका कोरी, वडा सचिव राज कुमार काकी लगायतले शिक्षा र स्वास्थ्य अधिकारको बारेमा धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *