Friday, June 26सत्यम खबर
Shadow

आस्था

डुडुवामा जेष्ठ नागरिक अस्पताल बन्दै

डुडुवामा जेष्ठ नागरिक अस्पताल बन्दै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १२ फागुन – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल सञ्चालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको शिलान्यास गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने बताउनुभयो ।उहाँले डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामाफर्त स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउँदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताउनुभयो । उहाँले अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।रु...
अप्टिमिस्ट क्लबको कार्यालय उद्घाटन

अप्टिमिस्ट क्लबको कार्यालय उद्घाटन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ११ फागुन - अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय आज उद्घाटन गरिएको हो । २०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ ईन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको कार्यालय अप्टिमिस्ट ईण्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौलाले गरेका थिए । कार्यक्रममा अप्टिमिस्ट नेपालका सचिव पृथ्वीराज थापा, कोषाध्यक्ष प्रकाश घिमिरे, लेफ्टिनेनण्ट गभर्नर केशव काफ्ले, शरदचन्द भट्राई, अप्टिमिस्ट क्लब अफ हेटौंडाका उपाध्यक्ष ओम चौलागाईं लगायतको उपस्थिती रहेको क्लबका डाईरेक्टर अधिवक्ता पूर्णप्रसाद ढकालले बताउनु भयो ।...
दश वर्षे शिक्षा योजनामाथि अन्तिम मस्यौदा तयारी कार्याशाला

दश वर्षे शिक्षा योजनामाथि अन्तिम मस्यौदा तयारी कार्याशाला

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १० फागुन - बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्न लागेको दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु भएको छ । ९ गते नगर क्षेत्रका शिक्षा क्षेत्रका व्यक्तिहरुको सहभागितामा गरिएको कार्यशालामार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा तयारी कार्यशाला शुरु भएको हो । तीन दिने कार्यशालाले दश वर्षे शिक्षा योजनालाई मूर्त रुप दिनेछ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका बेदप्रसाद डाँगीले प्राबिधिक सहयोग गर्दै शिक्षाका न्यूनतम आधारभूत र शिक्षा क्षेत्रको क्षेत्राधिकार बारे प्रष्ट पार्नु भएको थियो । त्यस क्रममा उहाँले बिभिन्न पालिका तथा जिल्लामा निर्माण भएका उत्कृष्ठ शिक्षा नीति तथा निर्देशिकालाई अलम्बन गर्न सकिने कुरामा समेत जोड दिनु भएको थियो । बिभिन्न नमूनागत योजनाले समेत यस नगरपालिकाको शिक्षा योजनामा समेटन सकिने कुरा...
डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १० फागुन - आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद अस्पताल बाँके अन्तर्गत ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आर्युवेद स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । आज मंगलबार एक कार्यक्रमका गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उदघाटन गर्दै आरोग्य केन्द्रले नागरिकहरुको आयुर्वेद पद्धतीको उपचारमा सहयोग गर्ने बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताका साथ काम गरिरहेकाले यो आर्युवेद चिकित्सालाई पनि सहयोग पुग्ने भन्दै यो उपचार सेवा रोगी र निरोगी मानिस दुबैका लागि स्वास्थ रहने काम गर्ने बताउनुभयो । आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा स्वास्थ्य प्रर्वद्धन, जेष्ठ नागरिक सेवा, स्तनपान आमा सेवा, विभिन्न किसिमका औषधी वितरण, परामर्श सेवा प्रदान गरिनेछ । ...
विविध कार्यक्रमका साथ बाँकेमा ८६ औं महाशिवरात्री महोत्सव हुँदै

विविध कार्यक्रमका साथ बाँकेमा ८६ औं महाशिवरात्री महोत्सव हुँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० फागुन - ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय नेपालगन्ज, बाँकेद्वारा फाल्गुन १० गते मंगलवार पत्रकार सम्मेलनको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा मूल्यनिष्ठ समाजको स्थापनार्थ आध्यात्मिक सेवामा समर्पित ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्दका १४८ भन्दा बढी राष्ट्रमा सञ्चालित करीब ८ हजार ५ सय सेवा केन्द्र, उप सेवाहरुले फाल्गुन १७ गते मंगलवार महाशिवरात्रीको पावन पर्वलाई विविध कार्यक्रमहरुद्वारा “परमात्मा शिव अवतरणको ८६ औं महाशिवरात्री महोत्सव” को रुपमा मनाउँदैछ । सो पर्वको अवसरमा नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । उनै विश्व कल्याणकारी, मुक्तिदाता, भव–भयहारी, संकटमोचन, दुःख निवारक, ज्योति स्वरुप परमपिता परमात्मा शिवको स्मृतिको पावन पर्वमा आयोज...
तत्काल माँग पूरा नभए, आन्दोलन गर्न चेतावनी !

तत्काल माँग पूरा नभए, आन्दोलन गर्न चेतावनी !

अवधी, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १० फागुन- आज नेकपा एमाले नरैनापुर बाँकेले ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुर्नस्थापना गर्ने लगायत ३ बुँदे माँग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल माँग पुरा नभए आन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ । इलाका प्रशासन कार्यालय नरैनापुरलाई तत्काल नरैनापुरमा पुर्नस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउन ब्यवस्था मिलाउने, नेपाली किसानहरुले भारतबाट रासायनिक मल खाद बिउ बिजन र बाली नालीमा प्रयोग गर्ने औषधी लगायतको कृषि सामग्रीहरु ल्याउंदा सिमानामा रहेका सुरक्षाकर्मीले अवरोध श्रृजना नगर्ने, सम्मान जनक ब्यवहार गर्ने तथा मल खादका साथै सवारी साधनहरु जफत नगर्ने गरी तत्काल ब्यवस्थापन गर्नुपर्ने र भारतीय नम्बर प्लेटका सवारी साधनहरु सहित नरैनापुर वासीहरुलाई नेपाली नागरिकता प्रमाण पत्रको आधारमा नरैनापुबाट नेपालग...
आजदेखि जानकीमा एम्बुलेन्स सेवा सञ्चालन

आजदेखि जानकीमा एम्बुलेन्स सेवा सञ्चालन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, १० फागुन - बाँकेको जानकी गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । नागरिकलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा, एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उनले एम्बुलेन्समार्फत गाउँपालिकाका स्थानीय नागरिक सहज रुपमा सेवा दिइने बताए । जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले मंगलबार आयोजित कार्यक्रममा विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्दै एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताइन् । कार्यबाहक अध्यक्ष धितालले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नु पर्ने समस्याबाट मुक्ति पाउन भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताउँदै भनिन्, ‘अब ...
चिनियाँ नागरिकसहित ३७ पक्राउ

चिनियाँ नागरिकसहित ३७ पक्राउ

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, १०, फागुन –कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले साेमबार राती नयाँ बानेश्वरकाे एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो । (खबरहब)...
त्रिभुवन चौकमा पुनः राष्ट्रपिता स्व. श्री ५ त्रिभुवनको प्रतिमा स्थापित

त्रिभुवन चौकमा पुनः राष्ट्रपिता स्व. श्री ५ त्रिभुवनको प्रतिमा स्थापित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
– मनोज कुमार कौशलनेपालगञ्ज÷राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायत नारा लगाउँदै राजावादीहरुले राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित गरेका छन् ।शनिवार दिन बिहान एक्कासी नेपालगञ्जको मुटु त्रिभुवनचोकमा राजावादीहरु निस्के । उनीको हातमा ग्लैण्डर, नेपालको राष्ट्रिय झण्डा, सिमेन्ट, बालुवाको बोरी थियो । केही बेरसम्म उनीहरुले राजा र हिन्दु राष्ट्रको समर्थनमा नारा लगाए यसबीच केहीहरु राष्ट्रिय झण्डा लागेको फलामे पाइप ग्लैण्डरबाट काटे र त्यहाँ स्व. त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा जुनकि उहाँको बाल्यकालको रंगीन प्रतिमा थियो पाइप काटेर त्यसमाथि प्रतिमाको स्थापना गरे । यस समयमा त्रिभुवनचोकमा राजावादी कार्यकर्ताहरुको ठूलो घुइँचो लाग्यो यस्ता राजावादीहरुमा नेपाल शिवसेनाका पूर्व नगर अध्यक्ष मंगल जिएम, शिवसेनाका पूर्व नगर अध्यक...
शिवसेनाको हिम्मत र तागत !

शिवसेनाको हिम्मत र तागत !

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ८ फागुन – नेपाल शिवसेनाले त्रिभुवन चोकमा स्व. राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित अनावरण गर्ने क्षणमा जुन प्रकारले हिम्मत र तागतको प्रदर्शन गरेको छ । यसको सम्पूर्ण नेपालगन्ज नगरमा सराहना भई रहेको छ ।शनिवार दिन नेपालगन्ज उमनपाले त्रिभुवन चोकमा श्री ५ त्रिभुवन सरकारको प्रतिमा स्थापना अनावरण गर्ने व्यवस्था मिलाएकोले सोही प्रकार प्रायोजित कार्यक्रम अनुसार प्रतिमा अनावरण गर्ने कार्य भयो । शनिवार दिन बिहान नेपाल शिवसेनाका कार्यकर्ताहरु एक्कासी रिक्शामा हाली त्रिभुवन सरकारको प्रतिमा बोकेर ल्याए र प्रतिमा अनावरण गरे यस्तो कार्य हुँदा केही बेरसम्म प्रहरीसँग उनीहरुको चर्काचर्की भयो । प्रहरीले हामी प्रतिमा भत्काउँछौं भन्ने किसिमको अडान लिएको थियो । तर शिवसैनिकहरु आज प्रतिमा अनावरण गरी छाड्ने ढिपी नै लिएका थिए । शिवसैनिकहरु एक...