जुद्ध शम्शेर राणाको प्रतिमासँग पक्षपात कहिल्यैसम्म ?
नेपालगन्ज, १६ फागुन – नेपालको विकासको लागि विभिन्न योगदान दिएका पूर्व प्रधानमन्त्री जुद्ध शम्शेर राणाको प्राचीन प्रतिमासँग नेपालगन्ज उमनपा कार्यालय दशकौंदेखि पक्षपातपूर्ण रवैया अपनाउँदै आएको देखिन्छ । विगत दिनदेखि नेपालगञ्ज उमनपाका नगरपिता डा. धवलशम्शेर राणाले हामी ऐतिहासिक धरोहरहरुको संरक्षण संवद्र्धन गर्दै आएको कुरा भन्दै आउनु भएको छ उहाँको यस्तो भनाई फितलो साबित हुँदै आएको छ ।
तत्कालीन पूर्व प्रधानमन्त्री जुद्ध शम्शेर राणाको कार्यकाल वि.सं. १९८९ देखि २००० भाद्र १७ सम्म रहेको इतिहास छ । उहाँको कार्यकालमा देशको आर्थिक सुधार कार्य, कृषि क्षेत्रको विकासको लागि विदेशबाट विशेषज्ञ बोलाइएको त्यस्तै औद्योगिक क्रान्ति ल्याउन वीरगंजमा जुट मिल, वीर अस्पताल, साबुन कारखाना, जनतालाई स्वास्थ्य सेवा सरल सुगम ढंगबाट दिन अन्य विभिन्न अस्पतालहरु निर्माण, पशु चिकित्सालयहरुको स्थापना, क्षयरोग नियन्त्र...









