स्वास्थ्य सेवामा ब्रम्हलूट
मितिः २०७८ फागुन ८ गतेशुभम् शर्मायतिखेर स्वास्थ्य सेवा क्षेत्रमा ब्रम्हलूट नै मच्चेको छ । सम्पूर्ण विश्व कोरोना भाइरसबाट पीडित बनेपछि यहाँ बाँके जिल्लामा पनि व्यक्ति यसबाट पीडित बने । व्यक्ति कोरोनाबाट ग्रसित बनी उपचारको लागि अस्पतालमा भर्ना भएपछि चिकित्सा दिइने क्षणमा उनीहरुलाई खुबै ठगियो । कोरोनाको कारण एक किसिमले अधिकांश व्यक्ति मर्कामा परे उनीलाई दुई छाक टार्न समेत धौ–धौ प–यो अहिले कोरोनाबाट केही निजात मिलेको छ तर सर्वसाधारण विभिन्न रोगबाट ग्रसित बन्न थालेका छन् ।
अहिले के कसो भएको हो केहीहरुमा अकस्मात छाती दुख्ने र केही छिनमा नै उनीको मृत्यु भइरहेको देखिएको छ । यस प्रकार मृत्यु हुनेहरुको संख्या बढी छ व्यक्तिहरु धमाधम मर्न थालेपछि केही शंका उपशंकाको स्थिति बनेको छ । केही दिनअघि यहाँ चिसो धेरै नै बढेको थियो यस कारण चिसोको प्रभावले व्यक्तिको मृत्यु भएको अडकल लगाइयो यसमा केहीहरु ग...









