
नेपालगन्ज, ११ फागुन – अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय उद्घाटन गरिएको छ ।
नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय आज उद्घाटन गरिएको हो ।
२०२० नोभेम्वर २१ मा अप्टिमिस्ट क्लब अफ ईन्टरनेशनलबाट आबद्धता प्राप्त गरेको क्लबको कार्यालय अप्टिमिस्ट ईण्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौलाले गरेका थिए ।
कार्यक्रममा अप्टिमिस्ट नेपालका सचिव पृथ्वीराज थापा, कोषाध्यक्ष प्रकाश घिमिरे, लेफ्टिनेनण्ट गभर्नर केशव काफ्ले, शरदचन्द भट्राई, अप्टिमिस्ट क्लब अफ हेटौंडाका उपाध्यक्ष ओम चौलागाईं लगायतको उपस्थिती रहेको क्लबका डाईरेक्टर अधिवक्ता पूर्णप्रसाद ढकालले बताउनु भयो ।
