Monday, April 13सत्यम खबर
Shadow

आजदेखि जानकीमा एम्बुलेन्स सेवा सञ्चालन

सकिल अहमद राई
जानकी, १० फागुन – बाँकेको जानकी गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

नागरिकलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा, एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उनले एम्बुलेन्समार्फत गाउँपालिकाका स्थानीय नागरिक सहज रुपमा सेवा दिइने बताए ।

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले मंगलबार आयोजित कार्यक्रममा विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्दै एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताइन् ।

कार्यबाहक अध्यक्ष धितालले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नु पर्ने समस्याबाट मुक्ति पाउन भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताउँदै भनिन्, ‘अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउने छन् ।’

अहिले गाउँपालिकाका स्थानीय नागरिकहरु अन्य संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स र नीजि गाडीहरु महङ्गो दरमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने जानकी गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत रानाले बताए ।

गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । गाउँपालिका भित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *