Tuesday, April 21सत्यम खबर
Shadow

प्रेस सेन्टर नेपालको अध्यक्षमा बोहरा

आकाश कसाैधन
नेपालगन्ज, २९ फागुन – नेकपा माओवादी केन्द्र निकट रहेको प्रेस संगठन प्रेस सेन्टर नेपालको प्रथम ऐतिहासिक नेपालगन्ज उपमहानगरपालिकाको सम्मेलनबाट चन्द्र बोहराको नेतृत्वमा उपाध्यक्ष अमर शाही, महिला समावेशी उपाध्यक्ष सबिता चन्द, सचिव आकाश कसौधन(गुप्ता), सहसचिव गणेश पौडेल, अरशद अलि रङ्ग्रज, कोषाध्यक्ष शेरबहादुर बोहरा सहित १९ जनाको नगर कमिटी गठन गरिएको छ ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने, अतिथि संगठनका जिल्ला ईन्चार्ज प्रदीप वाग्ले, नगर ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा नगर ईन्चार्ज अकल बहादुर बम, नगर अध्यक्ष रतन शाही, वाइसिएलकी केन्द्रीय सदस्य मिना चादरा, मनिषा किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम सापकोटा, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, केपी घिमिरे यात्री र निर्वाचन प्रमुख तीर्थ ज्ञवाली सहितको उपस्थिति रहेको थियो ।

निर्वाचित सम्पूर्णलाई सम्मान गरे पश्चात सो कार्यक्रमको अन्त्यमा विभिन्न विषयमा छलफल र निर्णय गरिएको जानकारी अध्यक्ष बोहराले दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *