
नेपालगन्ज, २ चैत्र – जनमत त्रैमासिक रक्तदान कार्यक्रम आज बुधबार आयोजना गरिएको थियाे । सो कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरु, पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिला सहित ४१ जनाले रक्तदान गरेका हुन् ।
नेपालगन्ज उपहमहानगरपालिका वार्ड नं.–१८ स्थित रहेको सोनालिका ट्राक्टरका लिला इन्टरनेशनल प्रा.लि.को सहकार्यमा भएको सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बाँकेको नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आफ्नो रजत महोत्सव–२०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरी रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र टाढा टाढाबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५२ औं श्रृङ्खला हो ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा अन्नपूर्णा दैनिकका प्रदेश व्यूरो प्रमुख शंकरप्रसाद खनाल, पत्रकारहरु खम्बप्रसाद पुन, भगतराम थारु, चन्द्रेश्वरराज त्रिपाठी, जागेश्वर सिंह थारु, चर्चित युवा कलाकार प्रमोद डिजी, गौतमप्रसाद पौडेल, लक्ष्मणकुमार वैश्य, धर्मेन्द्र सिंह, पवनकुमार वैश्य, विनोदकुमार वैश्य, निरजमान श्रेष्ठ, राजन वर्मा, जैनेन्द्र जायसवाल, अतुल ठाकुर, स्मारिका श्रेष्ठ, प्राविधिक होमराज गिरी, सुनिल रत्गैया, मनोज बोगटी, रञ्जित साहू, मनबहादुर केसी (निशान), विकेककुमार बैश्य, नन्दराम सिजापति, जानकी गाउँपालिका वार्ड नं.–५ वडाध्यक्ष रमेशकुमार वर्मा, लक्षमणप्रासद चमार, मनमोहन वर्मा, दिला शाह, राजितराम अहिर, प्रदिपकुमार वर्मा, विजय श्रेष्ठ, स्वास्थ्यकर्मी दिनेशकुमार वर्मा, समाजसेवी माधवराम वर्मा, शान्ति स्वीट्स धम्बोझीका दिनेशप्रसाद तमोली, एकता युवा क्लब पुरैनीका अध्यक्ष राजेशकुमार यादव, अमरराज गिरी, गंगाराम थारु, मेराज अहमद दर्जी, वडा प्रहरी कार्यालय नेपालगन्जका असई कुलबहादुर बिक, रुसतम अली दर्जी, अस्मिता डिसी, श्रवण शर्मा लगायत ४१ जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा रक्तदाताहरुलाई सोनालिका सो रुम लिला इन्टरनेशनल प्रालिका सञ्चालक सरोजकुमार श्रेष्ठले रक्तदान कार्यक्रमको लोगो अंकित टिसर्ट वितरण गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित लुम्विनी प्रदेशका प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सोमप्रकाश सापकोटा, सुनिता कुमाई, सञ्जय बढही, केशर सिंह डाँगी लगायतले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रममा आकाश जायसवालले सहयोग गर्नुभएको थियो ।
जनमतका कतिपय नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेका र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम जनमतका सम्पादक पूर्णलाल चुकेले बताउनु भएको छ ।
