Monday, April 20सत्यम खबर
Shadow

खेलकुदका क्षेत्रमा सधैं सहयोग गर्ने – युवा नेता भुसाल

सरु भुसाल
पर्वत, २८ फागुन – पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबको १२ औं बार्षिक उत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।

फागुन २७ गते शुक्रबारबाट सुरु भएको कार्यक्रम फागुन ३० गतेसम्म सञ्चालन रहनेछ । माओवादी केन्द्र बिहादि कमिटिका अध्यक्ष ऋीषराम भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिबि, समाजसेवी, खेलाडि, खेलप्रेमि, सुरक्षाकर्मी, पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको प्रमुख अथिति रहेका ऋषिराम भुसालले क्लबको खेल मैदानमा देखिएको समस्यालाई मध्यनजर गरि खेल मैदानलाई ब्यवस्थित तरिकाले अघि बढ्ने, खेल मैदानमा तारबार गर्ने, क्लबलाई अग्रपंक्तिमा लैजान जुनसुकै सहयोग गर्न तयार रहेकाे आश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *