खगेन्द्र गिरी कोपिलाको (अश्रु अर्घ) कृती बिमोचन
नेपालगन्ज, २८ फागुन - खगेन्द्र गिरी कोपिलाको “अश्रु अर्घ “ गजलसङ्ग्रह कृतीको विमोचन सम्पन्न भएको छ । गजल सङ्ग्रह, लोकगायक, लेखक, साहित्य कृतीमा कलम चलाउने गिरी कोपिलाको १० औं “अश्रु अर्घ “ गजल सङग्रहको कृति बिमाचोन शनिवार एक समारोहमा राप्तिसोनारी गाउँपालिकाको भुँवर भवानी धार्मिक स्थलमा सम्पन्न भएको हो ।
शनिवार खगेन्द्र गिरीको ५९ औ जन्मदिनको अवसरमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगन्जकोे आयोजनामा “अश्रु अर्घ“ गजल सङ्ग्रह कृतीको विमोचन गरिएको हो । उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु, व्यग्र चाँदनी, डुबे पनि डुब्दैन घाम, आफ्नै छाल आफ्नै किनारा, राग वसुन्धरा, लहरलहर गन्दै, अतीत आमँत्रण, अस्वीकृत रहर, ऋतुदर्शन, अश्रु अर्घ गजल, मुक्तक, नियात्रा गरि १० वटा कृति रहेका छन भने समालोचनात्मक पुस्तक मधु प्रदक्षिणा, गजल सञ्चेतना सन्निधी र सम्पादित पुस्तक दशनामी दर्शन नेपाली दशनामी समाजको अनुसन्ध...









