Monday, April 20सत्यम खबर
Shadow

अवधी कला, संस्कृतिको संरक्षणमा जुडनुपर्नेमा जोड

नेपालगन्ज, २ चैत्र – मधेश मिडिया नेपाल बाँके शाखाले अवधी पत्रकारिता स्थापना दिवसको अवसरमा अन्तरक्रिया एवं होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

मधेस मिडिया बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा मंंगलबार नेपालगन्ज ४ स्थित शिवपार्वती मन्दिर परिसरमा अन्तरक्रिया एव शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा अवधी भाषी, अवधी पत्रकार, कला संस्कृतिको संरक्षण, योगदानको अवस्था, अवधी क्षेत्रको अवस्थाका बारेमा गहन छलफल गरिएको छ । अवधी क्षेत्रको कला संस्कृतिको संरक्षणमा आवश्यक पहल हुन नसकेको भन्दै यसको सम्बर्द्वनमा जोड दिइएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अवधी भाषाको प्रयोग पनि खुलेर हुन नसकेको भन्दै आफैबाट यसको शुरुवात गर्न सकिए मात्रै थप कुराहरुको सुधारका लागि पहल हुने धारणा राखेका थिए ।

कार्यक्रममा पुर्व मन्त्री सर्वदेव ओझा, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख बिजय बर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डांगी, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, मधेश मिडिया नेपालका सल्लाहकार अजय गुप्ता लगायतले बोल्नुभएको थियो ।
सचिव सन्ध्या शर्माले सञ्चालन गर्नुभएको कार्यक्रमको समानपछि अबिर लगाई होली पर्व समेत मनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *