कम्दिमा जैबिक चौतारी
नेपालगन्ज, ३० चैत्र – बास नेपालले जैबिक चौतारी कार्यक्रम चैत्र २९ गते सम्पन्न गरेको छ । डिभिजन बन कार्यालयको सहयोगमा बास नेपालले सो कार्यक्रम कम्दिमा सम्पन्न गरेको हो ।कार्यक्रममा जैबिक बिबिधता, सवाल, बन संरक्षण र चुनौतीहरुको बारेमा व्यापक छलफल भएको थियो । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा डिभिजन बन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेशबहादुर खड्काले बन संरक्षणका सवालमा नेपाल बिश्वमै अगाडी रहेको उल्लेख गर्दै बन संरक्षणका सवालमा स्थानीयहरुको अग्रसरता महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बोल्दै सामुदायिक बन समन्वय समिति कम्दिका अध्यक्ष लबराज खरेलले सामुदायिक बनहरुमा चोरी तस्करी, शिकारी व्यापक रुपमा हुने गरेको, बन हेरालुहरु जोखिममा रहेको, आगलागीका घटनाहरु बढेर गएको बताएका थिए ।कार्यक्रममा ईलम परियोजनाकी लक्ष्मी चौधरीले परियोजना बारे जानकारी गराएकि थिईन् । ...









