Friday, May 1सत्यम खबर
Shadow

मधेशी आयोग नेपालबाट नैतिकवान र सशक्त नैतिक शिक्षा कार्यक्रमको आयोजना

नेपालगन्ज, २३ चैत्र – मधेशी आयोग नेपालबाट नैतिकवान र सशक्त नैतिक शिक्षा कार्यक्रमको आयोजना नेपालगन्जमा गरिएको छ ।
बुधबार मंगल प्रसाद डिग्री कलेजमा आयोजना गरिएको कार्यक्रम कलेजका अध्यक्ष बृजेशबहादुर सिंहको उपस्थितिमा र आयोगका अध्यक्ष विजयकुमार गुप्ताको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष सिंहले भन्नुभयो– यो कार्यक्रम लुम्बिनी प्रदेशमा कही पनि आयोजित गर्न सकिन्थ्यो यो घोराही, भैरहवा र बुटवलमा पनि गर्न सकिन्थ्यो तर यहाँ नेपालगन्जमा यो पहिलो कार्यक्रमको आयोजना गरिएको हो ।


मधेशी विद्यार्थीको लागि यो कार्यक्रम गर्व र अवसरको कुरा हो अब मधेशी विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न कहि कतै बाहिर जानु पर्दैन यही उत्कृष्ट शिक्षाको व्यवस्था भएको छ । यो डिग्री कलेजको विकासको लागि प्रयाप्त प्रचार–प्रसारको आवश्यकता छ यसकारण बाँकेमा क्रियाशिल संचारकर्मीहरुले बढी चढी ढंगले यसको प्रचार–प्रसार गर्न आग्रह गर्नु भयो ।


त्यस्तै सञ्चारकर्मी चन्द्रेश्वरराज त्रिपाठीले मधेश क्षेत्र नैतिकवान बन्नुपर्छ यसको लागि मधेशी विद्यार्थीले अवधी भाषाको ज्ञान सबैभन्दा पहिले आर्जन गर्नु जरुरी छ । त्यस्तै आयोगका संयोजक अधिकृत लोकेन्द्र ज्ञवालीले सानो शिक्षाले अरुलाई जागरुक बनाउँछ अब मधेशी विद्यार्थीले लोकसेवा परीक्षाको तयारीमा जुट्नु प¥यो, आजको कार्यक्रममा यस सम्बन्धमा कक्षा सञ्चालन हुने जानकारी गराउनुभयो ।


यस्तै अवधी भाषी पत्रकार अजयकुमार गुप्ताले राष्ट्रिय भाषा नेपालीबाट सम्बोधन शुरु गर्दै अवधी भाषामा मधेशी विद्यार्थीलाई जानकारी दिनु हुँदै भन्नुभयो– मधेश क्षेत्रको सीमा छिमेकी देश भारतसँग जोडिएको छ । यसकारण भारतले आफ्नो तमाम पिलर सार्दै नेपाली जमीन कब्जा गरी रहेको कुरा बारम्बार सार्वजनिक हुँदै आएको छ । यसबीच सीमाका प्रहरी मानिने मधेशी वर्गले भारतीय सुरक्षाकर्मीबाट छातीमा गोली खाई मधेशको जमीनको सुरक्षा गर्दैै आएका छन् । तर पनि राज्यपक्षले मधेशीसँग पक्षपात पूर्ण व्यवहार गर्दै आएको छ । भारतीय दलाल भनि मधेशीलाई सम्बोधन गर्दछ, उता हिमाली पहाडी क्षेत्रको तमाम नेपाली भू–भाग छिमेकी देश चीनले कब्जा गरेको तर त्यहाँका स्थानीय बासिन्दा आफ्नो भू–भागको सुरक्षा गर्न सकेका छैनन । यो चाहि दुर्भाग्यपूर्ण कुरा हो ।


आयोगले जुन प्रकार नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम ल्याएको छ यो बेमानीपूर्ण छ । किनकी देशमा लोकतन्त्र गणतन्त्र आएपछि नैतिक शिक्षा हटाइयो यसरी हामी दिशाहीन बनेका छौं । देशका हाम्रा पुर्खाहरु पृथ्वी नारायण शाह, भृकुटी, सीता, जनक, भीमसेन थापा, बलभद्र कुँवरलगायत को थिए ? आजको विद्यार्थीले जान्ने पाउने मौका पाउनु पर्छ । मल्लकालका राजा महिन्द्र मल्ल बिहान उठेर जनताको घरमा चुल्हा बल्यौ कि बलेन देख्दै सबै जनताले खाना खाएपछि मात्र उनी खाना खान्थे तर आजका राजनीतिक दलका प्रमुख नेता करोडौ अर्बौको भ्रष्टाचार रोजिंदा गर्छन, यसबाट देश श्रीलंकाको स्थितीमा पुगी रहेको छ, भन्नुहुँदै उहाँले अब हामी जीवनको अन्तिम अवस्थामा छौ । यस कारण मधेशको भविष्य भावी सन्तति आजको मधेशी विद्यार्थीको हातमा छ तपाईहरु वर्तमान मधेशी राजनीतिक दल माथि विश्वास नगर्नु होला यिनी मधेशी दल मधेशीको शोषक हुन यिनीहरुबाट मधेश र मधेशीको सुरक्षा हुन सक्दैन, अब मधेशको संरक्षण सम्बद्र्धन गर्ने जिम्मेवारी तपाईहरुको हातमा छ । मधेशी दलहरु कै कारण प्रदेश नं. २ मा धर्म संस्कृति, सभ्यता अवधी भाषा खतरामा परेको छ । यस कारण तपाईहरु उच्च शिक्षा आर्जन गर्नुस र मधेशको भविष्य बनाउने तर्फ लाग्नुस आव्हान गर्दै उहाँले भन्नुभयो । अब तपाई विद्यार्थीहरुले आफू मधेशी भएकोमा गर्व गर्नुस र छिट्टै अवधी भाषामा सरकारले पाठ्यक्रम हामीलाई दिनु प¥यौ नैतिक शिक्षा लागू हुनु प¥यो जोडदार ढंगले माग उठाउनुस अनि मात्र यहाँ पढ्छौ सरकारसँग माग गर्नुस भन्नुभयो ।


मधेशी आयोग नेपालका अध्यक्ष विजयकुमार गुप्ताले समापन भाषण गर्नु हुँदै भन्नुभयो– मधेशी आयोग नेपाल मधेशी र मधेशको विकासको लागि प्रयत्नशील छ । नेपालगन्जबाट यो विकासको गति बढ्ने भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *