
नेपालगन्ज, १८ चैत्र – मानव सेवामा समर्पित निलसागर आश्रमले कोभिड–१९ का बेला मृतकहरुको लागि पितृमुक्ति महायज्ञको आयोजना गर्ने भएको छ ।
नेपालगन्जको रामलिला मैदानमा आयोजना गरिने उक्त महायज्ञ निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महामहोत्सव एवम् कोभिड पितृमुक्ति, श्रीमद्भागवत, धनबृर्दि, ज्ञानविज्ञान महायज्ञको आयोजना हुने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निलसागरद्वारा जनाईएको छ ।

नेपालगन्ज बुलबुलिया स्थिति निलसागर सेवा आश्रमको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञ यही चैत २७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुने ह“ुदा सम्पूर्णलाई सहभागी भई कथा श्रावण गरिदिनु हुन आश्रम संस्थापक सञ्चालक सरिता खनालले आग्रह गर्नुभयो ।

महायज्ञले विशेष गरी कोभिड–१९ बाट मृतकको परिवारका लागि पितृमुक्ति १ हजार ८ कोटि होवन गरी विशेष पुजा गरी प्राथना गर्ने, ज्ञानविज्ञान र धनवृद्धिका लागि श्री–यन्त्र अथवा (लक्ष्मी यन्त्र)को मुख्य भएको र विगत लामो समयदेखि नेपालगन्ज तथा मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्ला तथा लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा सडक आश्रित बुवा, आमा तथा बालबालिकाहरुलाई उद्दार गरि निलसागर सेवा आश्रममा सेवा लिदै आएका ती सडक आश्रित मानवहरुका लागी एक सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले महायज्ञ लगाउन लागेको संस्थाकी अध्यक्ष खनालले जानकारी गराउनुभयो ।
रामलिला प्राङ्गणमा हुने महायज्ञलाई माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उद्घाटन गर्ने कार्यक्रम तय भएको महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

