Thursday, April 30सत्यम खबर
Shadow

चौतर्फी असहयोग भएपछी मन्त्री आले सकसमा, वडा कार्यालयले समेत दिएन धर्मशालामा ताला लगाउन साथ

काठमाण्डौं, २५ चैत्र – संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले नेपाल भारत मैत्री पशुपति धर्मशालामा ताला लगाउन गरेको अर्को प्रयास समेत असफल हुने भएको छ । मन्त्रीले २५ गते शुक्रबार धर्मशालामा ताला लगाउन आफुलाई सहयोग गरिदिन धर्मशाला रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ८ लाई गरेको अनुरोधमा वडा ले साथ नदिने भएपछी उनको योजना अप्ठयारोमा परेको हो ।


शुक्रबार विहान १० बजे पशुपति धर्मशालामा सिल गर्ने कार्यक्रम रहेकाले धर्मशालामा रहेका सामानको मुचुल्काको साक्षी बस्नका लागि पशुपति क्षेत्र विकास को ष मार्फत वडा कार्यालयलाई पत्र लेखिएको छ । उक्त पत्रमा भनिएको छ, ‘होटल आनन्द प्रालि र कोषबीचको करार रद्द र भंग भइसकेको अबस्थामा आफ्नो स्वातित्वमा रहेको भवन, लिगल गापात र सो स्थानमा रहेका सामानहरु कोषको नियन्त्रणमा धर्मशाला निरन्तर सञ्चालन गर्न पर्ने भइ देहायको मिति समय र स्थानमा समानहरुको मुचुक्का गर्न लागिएकाले त्यस वडा कार्यालयबाट रोहबरमा रहनेगरि वडा प्रतिनिधि खटाइ सहयोग गरिदिनहुन अनुरोध साथ पत्रचार गरिएको छ ।’
यता काठमाडौं महानगरपालिका वडा न. आठका वडाध्यक्ष दिनेशकुमार डंगोल भने उक्त धर्मशाला सम्बन्धीत मुद्दा अदालतमा विचाराधिन रहेकाले आफू उक्त धर्मशालाका सामानको मुचुल्काको साक्षी बस्न नजाने बताउँछन् । उनले भने, ‘हामी कानुनको सम्मान गर्छौ त्यसैले पशुपति धर्मशालाको करारसम्बन्धी मुद्दा पाटन उच्च अदालतमा पेशीका रुपमा चलिरहेकाले धर्मशाला सिल गर्ने कार्यमा हामी सहभागी हुँदैनौं ।’
त्यसो त यसअघि मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालामा शिल गर्ने प्रयत्न वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको वेवास्थाको कारण सफल हुन सकेको थिएन । त्यसै भएर यो पटक पत्र नै लेखेर सहयोग माग्दा समेत उनले साथ नपाउने देखिएको हो । स्रोतका अनुसार आलेले वडाध्यक्ष लाई सहयोगको याचना गर्दै पटक पटक फोन समेत गरेका थिए ।
यसपटक पनि जिल्ला प्रशासन कार्यालयले अदालतमा विचाराधीन विषयमा आफूहरू फस्न नचाएको भनि जवाफ दिइसकेको स्रोतले बताएको छ ।
होटल आनन्द र नेपाल भारत मैत्री धर्मशालाबीचको करार पशुपति क्षेत्र विकास कोषले एकलौटी रुपमा करार रद्द गरेकाले उक्त करार रद्द गर्ने कार्य गैरकानुनी रहेको भन्दै काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दायर भएको छ । सो कुराको जानकारी हुँदा हुँदै मन्त्री आलेले एकदिन भएपनि धर्मशालामा ताला लगाएर देखाउने हठ गर्दै यस्तो गैर कानूनी कार्य गर्ने प्रयत्न गरेका हुन् ।
उता पाटन उच्च अदालतमा गत २१ गते पेशी तोकिएको मुद्दाको पुन चैत २७ गरेको आगी पेशी तोकिएको छ । तर, मन्त्री आले भने अदालतमा पेशीका रुपमा रहेको मुद्दालाई आफ्नो व्यक्तिगत ‘इगो’ साँद्दै धर्मशाला सिल गर्ने लागिपरेका हुन् । यहि मुद्दाका विषयमा एक टेलिभिजन कार्यक्रममा अदालतमा समेत सेटिङ मिलाएको भन्ने अभिव्यक्ति दिएको कारण आले विरुद्ध अदालतको मानहानी मुद्दा चलिरहेको छ। अदालतले १५ दिन भित्र मन्त्री आले आफै वा लिखित जवाफ सहित उपस्थीत हुन आदेश दिएको छ । यसरी आफैं अभियुक्त रहेको मुद्दा एकातिर रहेको र अर्कोतर्फ धर्मशाला लिजमा दिने विषयमा कोष र बतास समुह बीच भएको सम्झौता भङ्ग गरेको सम्बन्धमा सो कार्य गैर कानूनी रहेको भन्ने दलील सहीत बतास समूह जिल्ला अदालत काठमाडौंमा पुगिसकेको अवस्थामा मन्त्री आलेले गर्दै आएका हर्कतलाई विश्लेषकहरूले अराजकताको पराकाष्ट भन्दै टिप्पणी गरेका छन् ।
उता मन्त्री आलेपनी नहाल्नु हात हालिसकेकोले आफू पछी हट्न नसकेको बताउँदै आएका छन् । उनी निकट स्रोतका अनुुसार आले ‘साधु जस्तो मान्छे रहेछन् बतास तर के गर्नु टुङ्गोमा पुर्याउनै पर्यो । नहाल्ने ठाउँमा हात हालिएछ’ भन्ने गरेका छन् ।
तर, आलेलाई नजिकबाट चिन्नेहरु भने पशुपति धर्मशाला हाललाई बतासबाट खोसेर नाथमलाई जिम्मा दिने भनिएपनि उनि त्यो धर्मशाला आफ्नो मान्छेलाई सुम्पने योजनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *