
नेपालगन्ज, १४ बैशाख – आउँदै गरेको स्थानिय तहको निर्वाचनमा जानकी गाउँपालिकाका हिमान्सु यादबको चर्चा सर्वसाधारण मतदाताहरू बीच तिब्र रूपमा चलिरहेकाे पाईन्छ । जानकी गाउँपालिकामा बुवाको बिरासत जोगाउन मैदानमा उत्रिएका हिमान्सु पछिल्लो समयमा जनताको ढुकढुकीमा बस्न सफल रहनुभएको उनकाे सामाजिक गतिविधिले प्रष्ट देखाईरहेकाे छ ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा हिमान्सु यादवले उम्मेद्वारी मनोनयन दर्ता गर्नुभएको छ । जानकीमा अध्यक्ष पदका लागि सिफारिस भएसंगै उहाँको चर्चा सुरु भएको हो । पञ्चायतकाल देखी राजनीतिमा क्षेत्रमा अब्बल रहनुभएको स्वर्गीय रामनिवास यादब २०७४ सालको स्थानिय निर्वाचन एमालेबाट जानकी गाउपालिकाको पालिका अध्यक्ष समेत रहनुभएको थियो । जानकी गाउँपालिकाकोे बिभिन्न क्षेत्रमा अध्यक्ष यादबका अतुलनिय भुमिका समेत रहेको छ ।
उहाँले जानकी गाउँपालिकालाई बिकासमैत्री बनाउने सपना बोकेर जनहित र समाज सेवामा सदैब अग्रज रहनुभएको थियो । जानकीका जनताको लागी सुखद् भबिष्य निर्माण र बिकासको एजेन्डा बोकेर हिड्नु भएका यादबको स्वास्थ्यमा समस्या आएर मृत्यु हुन पुग्यो । बुवाले जानकी गाउपालिका प्रति देखेको सपना र उद्देश्यलाई पुरा गर्न हिमान्सु चुनाबी मैदानमा उत्रिनुभएको हो । मेरो बाजेकोपालादेखि नै राजनीतिमा आस्था राख्दै आएका मेरो बुवाले पनि राजनीतिमा राम्रै छवि बनाउन सफल हुनुभएको थियो ।
बुवाकै साख जोगाउन म पनि आएको छु जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यादवले बताउनुभयो । बुवाको अधुरो सपना र जनताले बुवा प्रति गरेको माया र बिश्वासले अध्यक्ष पदका लागी उम्मेद्वारी दिन प्रेरिणत भएको हिमान्सुले भन्नुभयो । जानकी गाउँपालिकालाइ समृद्ध गाउँपालिका बनाउने बुवाको उद्देश्य म पुरा गरेर देखाउने छु । म निवाचित भएर आएपछि जानकी गाउँपालिकालाइ आर्थिक रुपमा सक्षम बनाउन पहल गर्नेछु ।
अध्यक्षका पदका उम्मेद्वार हिमान्सु जनप्रतिनिधि भएर आईसकेपछि मेरो पहिलो प्रथामिकता शिक्षा क्षेत्रमा रहने जानकारी गराउनुभएको छ । जानकी शिक्षामा पछि परेको समुदायका लागि निशुल्क शिक्षा लागु गर्ने उहाँले बताउनुभएको छ । जानकीलाई शिक्षामा जोड दिन तथा गुणस्तरिय शिक्षा प्रदान गर्न अति आवश्यक भएको हुनाले यसलाई प्रथामिकताका साथ लागु गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । अहिले पनि जानकीमा ४ सय जना युवालाई रोजगार सृजना गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो स्वदेशमै रोजगार नभएर धेरै युवा खाडिमा भौतारिदै आफ्नो पसिना र अस्तृत्व बेच्न बाध्य भएका छन् । धेरै नेपाली राम्रो रोजगार र सुखी भबिष्य बनाउनका लागी परदेशिएका छन् तसर्थ स्वदेशमै नेपाली नागरिकलाई रोजगारको स्रोत निकाल्न अतिआश्यक छ ।
जानकीलाई समृद्ध गाउँपालिका बनाउन जानकीमै शिपमुलक तालिम, कार्यक्रम गरेर रोजगारको स्रोत खोलेर गाउँपालिका भित्रै बिकास गर्ने छु ।
जानकी गाउँपालिकामा मेरो पहिलो प्राथमिकता रोजगार, स्वास्थ्य, शिक्षा, सरसफाइ, सडक बिस्तार, कृर्षि, महिला तथा बालबालिकाको सवालमा बिशेष जोड् दिने अध्यक्ष पदका उम्मेद्वार यादबलाई प्रतिबद्धता जनाउनुभएको छ । जानकीमा हुने गतिबिधी जनता समक्ष पारदर्शी गरेर जनताको इच्छा र चाहना अनुसार नै पालिकाको बिकास कार्यमा लाग्ने उहाँले बताउनुभयो ।
