Thursday, June 12सत्यम खबर
Shadow

स्व.राम निवासको रुपमा हिमान्शुलाई पाएको भन्दै खुसी ब्यक्त गरे जानकीबासीले

जानकी, १५ बैशाख – जानकी गाउँपालिकाका सायदै कोहि होलान्, जसले स्व. राम निवास यादवलाई नचिनेको होस् र उनी संग उठबस नगरेको होस् । स्व. राम निवास यादवलाई चिन्ने र उनी संग उठबस गर्नेहरु अहिले पनि असल र सहयोगी जनप्रतिनिधि गुमाएकोमा नियतिलाई गाली गर्दै छन् ।

त्यस्तैमा भेटिए खजुरा गाउँपालिका वडा नम्बर २ का रामलाल कुर्मी, जानकी गाउँपालिकाका एमालेका उम्मेदवार हिमान्शु यादव घरदैलोमा भोट माग्दै गर्दा उनले जानकी गाउँपालिकाका अध्यक्ष स्व. रामनिवास यादवलाई सम्झिए । उनले स्व.राम निवासको रुपमा हिमान्शुलाई पाएको भन्दै खुसी ब्यक्त गरे ।

जहिल्यै हामी आफ्नो जस्तै दुख लगेर पालिका जाँदा कहिल्यै खाली हात नपठाउने स्व.यादवको छोरालाई सोही स्थानमा देख्न चाहेको इच्छा पूरा हुन लागेकोमा खुसी समेत ब्यक्त गरे । हामी गाउँले सबै मिलेर जिताउँछौ भन्दै आशिर्वादसम्म दिन भ्याए कुर्मी ।

स्व.राम निवास यादव जस्तै सहयोगी र नयाँ भिजन भएका युवा नेता हिमान्शु यादव आजभोलि भोट माग्दै जानकीमा दुरदराजमा पुग्ने गरेका छन् । यो जानकीलाई अझै राम्रो कसरी बनाउन सकिन्छ, प्रविधी र नयाँ युगको माग अनुसार कसरी बिकसित गर्न सकिन्छ चिन्तन मात्रै होइन उनी संग थुप्रै योजना रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *