
नेपालगन्ज, १५ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिएका नन्दलाल बैश्यले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । पूर्व अध्यक्ष वैश्य यस अघि माओवादी केन्द्रले बहुसंख्यक नेता कार्यकर्ताको भावना र मर्म विपरित काम गरेका कारण आफूले राप्रपा रोजेको भन्दै चुनावमा आफूलाई दुवै पक्षको साथ रहेको जानकारी गराएका छन् ।
मेयरका उम्मेदवार वैश्यले नेपालगन्जमा ५ दलिय गठबन्धन हुने चर्चा चलेको अवस्थामा माओवादी केन्द्रले मेयर नपाएपछि मेयरको टिकट सुनिश्चित गरेर राप्रपामा प्रवेश गरेका थिए । यही ११ गते हुने राप्रपाको तर्फबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी सहित राप्रपाबाट उपमेयरमा विन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गरेकी छन् ।

मेयरमा उम्मेदवारी दिएका बैश्य लामो समयदेखि माओबादी केन्द्रमा सक्रिय रहेका थिए । व्यवसायिक पृष्ठभूमिका उनी स्थानीय स्तरमा कार्यकर्ता माझ लोकप्रिय रहेको मानिन्छन् भने जातिय हिसाबमा कशौधन वैश्य समाजको करीब ६ हजार बढी मत समेत उनले पाउने आशा रहेको बताए ।
‘मेयर पदका लागि सम्पुर्ण तयारी गरको थिए । अन्तिम समयमा आएर माओवादीले पाँचदल सँग गठबन्धन गरेर अवसर गुमायो,’ अगाडी थप्दै, ‘मैले नेपालगन्जमा देखेको दुःख र दुःखको समाधानको साथै नेपालगन्जको विकास गर्नका लागि राप्रपाले मेयरको अवसर दियो । अब राप्रपाबाट नेपालगन्जको विकासको कार्यभार पुरा गर्न चाहन्छु ।’ उनले बताए ।

आफूले माओवादी केन्द्र परित्याग गरेपनि सधैं साथीहरु आफ्नो पक्षमा रहेको भनाइ छ । लामो समयदेखि पीडा महशुस गरेका साथीहरु धेरै खुसी भएको वैश्यको भनाई रहेको छ ।
आफ्नो आगमन राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि पनि खुसीको क्षण भएको प्रतिक्रिया दिए । केही माओवादीको र राप्रपाको साथीहरुको सहयोगले आफ्नो हलसम्म जित ९० प्रतिशत सुनिश्चित भएको दाबी तरे । उनी अहिले दिनरात कार्यकर्ता र नेताहरुसँग छलफल गर्दै दैनिकी बिताइरहेका छन् । बैश्य लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहेका छन् ।
