Friday, March 13सत्यम खबर
Shadow

एमालेकाे वडा नं. ३ मा सम्पर्क कार्यालय उद्घाटन

नेपालगन्ज, १४ बैशाख – नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ स्थित बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

सो कार्यालयको नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले रिबन काटेर उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै केन्द्रिय नेता हल्वाईले एमालेले बनाउने हरेक योजना जनताको हितमा रहेको बताए साथै उनले अरु दलले गठबन्धनको नाममा महिला अधिकारको हनन् गरेको दावि गर्दै नेकपा एमाले मात्र निवार्चनमा महिला पुरुष समाबेश गरेर उम्मेद्वार चयन गरेको उल्लेख गरे ।

नगरमा एमालेको सरकार बनाउन सके नेपालगन्ज उप–महानगरपालिकालाई समृद्ध बनाउन सकिने नगरका लागि मेयरका उम्मेद्वार पशुपतिदयाल मिश्रले बताए ।

नगरका २३ वटै वडाले मेयर उपमेयर सहित सात का सात छाप सूर्यमा मतदान गरि बिजय बनाएमा एमालेले जनताले अपेक्षा गरे बमोजिमको बिकासमा जोड दिने उपमेयरका उम्मेद्वार शान्ति ढकाल दावि गरिन् ।

नेपालगन्जमा बिकास निर्माणका धेरै कामहरु गर्न आवश्यक रहेको बताउँदै उनले घरदैलो र सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा जनताले देखाएको सक्रियताले नेकपा एमालेले स्थानिय तहको निर्वाचनमा बहुमतले जित्नेमा बिश्वस्त रहेको बताईन् ।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिपा शर्मा, नेकपा एमाले पुर्व जिल्ला अध्यक्ष निरक गुरुङ्ग, नेकपा एमाले प्रदेश कमिटी सदस्य हलिम शाह, नेकपा एमाले नगर अध्यक्ष दत्त प्रसाद आचार्य, लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *