Friday, June 26सत्यम खबर
Shadow

आस्था

३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ बैशाख – प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुननसक्ने बनाएको छ ।सञ्चार माध्यमबाट निर्वाचन आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचार संहिता लागु भए पश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचार संहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।२०७८ चैत २६ गतेदेखि हालसम्म आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यम मध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठ...
वडाअध्यक्ष सिंहको मनोनयन दर्तापछि घरदैलो जारी

वडाअध्यक्ष सिंहको मनोनयन दर्तापछि घरदैलो जारी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को समाजसेवी कर्मठ लोकप्रिय वडाअध्यक्ष समिरप्रताप सिंहले पुनः वडाअध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता सँगै घरदैलो जारी गरेका छन् ।वडाका विभिन्न तह र तप्कामा रहेका भद्रभलादमीहरुसित छलफल, बैठक जारी रहेको स्रोतद्वारा जानकारी गराईएको छ । विगत ५ वर्ष भित्र धेरै कार्यहरु नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा गरिएको भएतापनि देखिने गरी कुनै काम नभएको सोही कार्यलाई अगाडी बढाउँदै अब आउने ५ वर्षमा नमूनाको रुपमा देखिने गरी तथा सबैलाई वडामा चर्चा हुने गरी कार्य गर्न यसपटक मेरो उम्मेदवारी भएको अध्यक्ष पदका उम्मेदवारी सिंहको भनाई रहेको छ । फुलमाला तथा अबिरले घरदैलो गर्दा मतदाताहरुले स्वागत गर्ने गरेको उनी बताउँछन् । यस पटक पनि आम सर्वसाधारण वडाबासीहरुले माया गरी मौका दिएको अवस्थामा विगतका दिनमा भए गरेका गल्तीलाई समेत सुधार गरी सबै वडाब...
नेपालगन्जवासीकाे अवस्थामा परिवर्तन ल्याउने: मिश्र

नेपालगन्जवासीकाे अवस्थामा परिवर्तन ल्याउने: मिश्र

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ बैशाख - नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज १ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्रले एमालेको नेतृत्वले मात्रै जनताको अवस्थामा परिवर्तन ल्याउन सक्नेमा जोड दिंदै यहाँका जनताले आफुहरुलाई भारि मतान्तरले विजयी बनाउने विश्वास व्यक्त गरे । नेपालगन्जको सर्वाङ्गीण विकासका लागि एमालेको जित अपरिहार्य रहेको बताउँदै उपमेयरका प्रत्यासी शान्ति ढकालले आफुहरुले जिते न...
वडावासीकाे सेवामा समर्पित सीमा कसौधन: वडावासी

वडावासीकाे सेवामा समर्पित सीमा कसौधन: वडावासी

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख - बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ को निर्वाचित वडा सदस्य एवम् नगरपालिका कार्यपालिका सदस्य सीमा कसौधन वैश्यले सो पार्टीबाट पुन: महिला सदस्य पदमा आफ्नो मनोनयन दर्ता गराउनु भएको छ । वडामा रहेको मठमन्दिर, बाटोघाटो, नाला, खेलकुद, शिक्षा, सीपमूलक तालिम, रोजगार मुलुक तालिम लगायत विभिन्न किसिमका समस्याहरुमा मैले पहिला पनि सुधार ल्याउन कोसिस गरेको छु र यस मध्य कतिपय समस्यामा विगतभन्दा धेरै सुधार आएको छ ।म कुनै राजनीतिक पृष्टभूमिबाट आएको छैन, विगतमा सिख्ने क्रम भएकाे तथा केही कमिकमजाेरी भएको हुन सक्छ, उक्त कमिकमजाेरीलाई सुधार गर्ने अवसर वडावासीहरूले दिने छन् भन्ने विश्वासका साथ पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्ने सदस्य कशाैधनले बताउनु ...
उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक कार्यक्रम सम्पन्न

उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख - बैशाख ३० गते हुने निर्वाचन लागी नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जनबर्गीय संगठन नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालगन्जको उपमहानगरपालिका ईकाई कमिटीको आयोजनामा उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमाले जनताले समस्या पहिल्याउँदै जनहितमा काम गर्ने र जनताले रुचाएको पार्टी रहेकोले एमालेको जित सुनिश्चित रहेको बताउँदै उनीहरुले हालको समयमा राज्य एमालेमय बनेको दावि समेत गरेका थिए । अवको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेकोे जित रोक्न नसक्ने बताउदै नेकपा एमालेका हरेक उम्मेद्वारले आन्तरिक एकतालाई मजबुत बनाउँदै अघि बढ्न आवश्यक रहेको बताएका थिए । मु...
एमालेको वडास्तरिय निर्वाचन परिचालन कमिटी घोषणा

एमालेको वडास्तरिय निर्वाचन परिचालन कमिटी घोषणा

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख - नेकपा एमालेले निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निवार्चनलाइ लक्षित गरेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा मंगलवार निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो । नेकपा एमाले बाट नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको निर्वाचन परिचालन कमिटी घोषणा तथा जिम्मेवारी बाँडफाँड समारोहमा बोल्दै नेपालगन्जकोे विकासका लागी २३ वटै वडाका वडावासीले मेयर र उपमेयर सहित सात छाप आठ सुर्यमा लगाएर नेकपा एमालेको स्थानिय तहको सरकार बनाउन सके मात्र बिकास निर्माणको कार्य अगाडी बढ्न सक्ने दावि गरिन् । सो घोषणा कार्यक्रममा नेकपा एमाले पार्टीका वडा कमिटीका अध्यक्ष चेतबहादुर गुरुङको संयोजकत्वमा १ सय ५१ जना सदस्यीय कमिटी गठन गरिएको छ ।सो कमिटी घोषणासंगै निर्वाचन का लागि आवश्यक जिम्मेवा...
जानकीलाई फुसको छानो रहित बनाउने : हिमान्शु यादवले

जानकीलाई फुसको छानो रहित बनाउने : हिमान्शु यादवले

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
जानकी, १३ बैशाख - नेपाल कम्युनिष्ट पार्टी एमाले जानकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने प्रतिबद्वता गरेका छन् । निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तर्गत पालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् । युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको छानो फेरेर विशेष कार्यक्रम अन्तर्गत जस्ताको छानो सहितको घर ब्यवस्थापनमा कार्य गर्ने बताएका छन् । हजारौं समर्थकका बिच सोमबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका यादवले आफुसँग पालिकालाई नयाँ ढंगले बिकासको मार्गमा अगाडी लैजाने थुप्रै योजना रहेको समेत बताएका छन् । बाँके कै सबैभन्दा कान्छो प्रमुखको उम्मेदवार समेत रहेका हिमान्शु यादव नेपालगन्जका सफल ब्यवसायी समेत हुन् । पर...
चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ बैशाख – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार पनि प्रतिस्पर्धामा छन्। देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएका पनि प्रतिस्पर्धामा छन्।मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगंगा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको ...
एमालेले जिते जनताको चाहाना अनुसार सख्द भबिष्य निर्माण हुन : उपमेयरको उम्मेद्वार सान्ती ढकाल

एमालेले जिते जनताको चाहाना अनुसार सख्द भबिष्य निर्माण हुन : उपमेयरको उम्मेद्वार सान्ती ढकाल

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १३ बैशाख - नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा सम्पर्क कार्यालय उ्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित मंगलवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्ज मेयर पदका उम्मदर पशुपतिदयाल मिश्रा र नेपालगन्ज उपमहानगरपालिका उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज २० को सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्राले नेपालगन्जमा जनप्रतिनिधी आइसके पनी काण्माण्डौ, पोखरा, बिराटनगर, बटवल, चितावनको तुलनामा नेपालगन्ज बिकसित हुन सकेको छैन । नेपालगन्जका बिकास निर्माणकोे लागी नेपालगन्जका हरेक नागरिक, वडावासी जागरुक हुन आवश्यक छ मेयर पद्का उम्मेद्वार मिश्राले भन्नुभयो । नेपालग...
स्थानीय तह निर्वाचनमा संवादः मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

स्थानीय तह निर्वाचनमा संवादः मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ बैशाख – स्थानीय तहको निर्वाचनमा यौनिक तथा अल्पसंख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम, मधेसी महिलाको सहज र अर्थपूर्ण सहभागिताका लागि उचित बातावरण सिर्जना गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।संवाद समूह, बाँकेद्धारा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र प्रभावकारी सहभागिताका सन्दर्भमा सोमबार नेपालगन्जमा आयोजित सरोकारवालासँगको अन्तरक्रियात्मक संवादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो । प्रशासन अधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, यौनिक तथा अल्पसंख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम, मधेसी महिलाको समेत प्रतिनीधीत्व रहेको कार्यक्रमका अधिकांस वक्ताले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल पार्न समन्वय र सहकार्यात्मक भूमिका निर्वाह गर्ने वचनवद्धता प्रकट गरेका हुन् ।यौनिक तथा अल्पसंख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता तथ...