Tuesday, October 22सत्यम खबर
Shadow

एमालेको निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम

नेपालगन्ज, १४ बैशाख – नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेपालगन्ज नगरका मेयर र उपमेयरका प्रत्यासी तथा वडा नं. १७ का एमालेबाट वडाअध्यक्ष तथा वडा सदस्यहरुका प्रत्यासीले स्थानिय तह निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन् ।

बुधबार वडा नं १७ मा सम्पर्क कार्यालय उद्घाटन सँगै उनीहरुले कार्यकर्ता भेटघाट समेत गरेका हुन् ।
सो भेटघाटका क्रममा बोल्दै एमालेका नेपालगन्ज नगरका मेयरका प्रत्यासी तथा एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्रले यहाँको शिक्षा, स्वास्थ्य र पुर्वाधारको विकासका निमित्त आफुलाई भोट दिएर जिताउन आग्रह गरे ।

उनले आफुले जितेको खण्डमा नगरको समग्र विकासका साथ-साथै संघ र प्रदेशको लगानीमा सुरु भएका तर रोकिएका ठुला योजना पुरा गर्न दवाव दिने प्रतिबद्धता समेत जाहेर गरे ।

यस्तै नगरका उपमेयरका प्रत्यासी शान्ति ढकालले विकास निर्माण सँग स्थानियलाई जोड्नका लागि एमालेको स्थानिय सरकार आउन अपरिहार्य भएकोमा जोड दिंदै आफुहरु कृषि, खानेपानी, स्वास्थ्य तथा उद्यमी महिला उत्पादन र महिलालाई प्रत्यक्ष रुपमा आर्थिक क्रियाकलापसंँग जोड्नका लागि प्रतिबद्व रहेको बताईन् ।

साथै उनले एमाले पार्टीले संविधानको कार्यान्वयन गर्दै प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला उम्मेद्वार उठाएकोले आफु तथा आफ्नो पार्टीले संधै राजनितिमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेको दावि गरिन् ।

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य दिपा शर्मा, माे.हारुन हल्वाई, नेपाल ईत्तहाद मुस्लिम संगठनका केन्द्रिय सचिव हलिम शाह लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *