Sunday, June 21सत्यम खबर
Shadow

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा शान्तिपूर्ण तवरले मतदान कार्य जारी

नेपालगन्ज, ३० बैशाख – बैशाख ३० मा देशै भरी एकैसाथ आज सम्पन्न भईरहेको स्थानीय तह निर्वाचनमा मतदाताहरु सहभागी भई मतदान गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वटै वडाहरुमा मतदान केन्द्रमा मतदाताहरु सहज रुपमा पुगेर आफ्नो मतको प्रयोग गरिरहेका छन् । दिउँसो ३ः३० बजेसम्म समाचार तायर गर्दासम्म कही कतैबाट कुनै घटना घटेको जानकारी नआएको हुँदा नेपालगन्ज उपमहानगरपालिका भित्र सहज रुपमा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जनाईएको छ ।


यसै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा शान्तिपूर्ण तवरले मतदान जारी रहेको मतदान केन्द्रका अधिकृतले जनाएका छन् । दिउँसो ३ः१५ बजेसम्म १४ सय जनाले मतदान दिईसकेको जनाउँदै यस मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान कार्य साँझ ५ बजेसम्म जारी रहने मतदान अधिकृतद्वारा जनाईएको छ ।
फोटोमार्फत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को मतदान केन्द्रको दृश्य :

Leave a Reply

Your email address will not be published. Required fields are marked *