Sunday, June 21सत्यम खबर
Shadow

उपमहानगरकाे मतगणना शुरू

नेपालगन्ज, ३१ बैशाख – स्थानिय तह निर्वाचन अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जनाकारी दिएका छन् ।

यसअघि सर्वदलिय छलफलका लागि उम्मेदवारहरु समयमा उपस्थित हुन नसक्दा र मतगणनाको प्राविधिक तयारी नहुँदा मतगणनामा ढिलाई भएको थियो ।

आज बिहान ८ बजेबाट गर्ने भनिएको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा भर्खरै सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपालगन्जको वडा नं. १ र २३ बाट मतगणना सुरु हुनेछ । मतगणना कडा सुरक्षाबीच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *