Tuesday, October 22सत्यम खबर
Shadow

एमाले १० पालिकामा र काँग्रेस ८ पालिकामा विजयी

नेपालगन्ज, १ जेष्ठ – सार्वजनिक सञ्चाल मार्फत हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन् ।
अहिलेसम्म २२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १० वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली काँग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन् ।
अहिलेसम्म मनाङका सबै पालिकाहरुको परिणाम आएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको मात्र मतगणना जारी छ ।


नेकपा एमाले विजयी भएका पालिकाहरुः
– मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले विजयी
– मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
– मुस्ताङको लोमान्थाङ गाउँपालिकाः अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
– डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
– सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ः अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
– बझाङको साइपाल गाउँपालिका ः अध्यक्ष मानबहादुर बोहोरा विजयी
– नवलपुरको बौदीकाली गाउँपालिका ः अध्यक्ष प्रकाश ओझा विजयी
– बझाङको थलारा गाउँपालिकाः अध्यक्ष प्रकाश रोकाया विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरुः
– मनाङको नार्पा भूमी गाउँपालिकाः कोन्जो तेन्जीङ लामा विजयी
– मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी
– मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन विजयी
– गुल्मीको रेसुङ्गा नगरपालिकामाः खिलध्रुवज पन्थी विजयी
– गन्यापधुरा गाउँपालिका– अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
– गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा विजयी
– डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद विजयी
– हुम्लाको खार्पुनाथ गाउँपालिका ः अध्यक्ष कर्णबहादुर रावल विजयी

नेकपा माओवादी केन्द्रः
– डोल्पाको जगदुल्ला गाउँपालिकाः अध्यक्ष नारसिङ रोकाय विजयी
– दैलेखको नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी
– बाग्लुङ ताराखोला गाउँपालिका ः अध्यक्ष धनबहादुर विक

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकाः
– डोल्पाको छार्का साङतोङ गाउँपालिकाः अध्यक्ष सेनाङ गुरुङ विजयी
– डोल्पाको काइके गाउँपालिकाः अध्यक्ष अंगदकुमार राना विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *