Tuesday, October 22सत्यम खबर
Shadow

विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

नेपालगन्ज, ६ जेष्ठ – नेपालगन्जमा विगत केहीदेखि लगातार रुपमा बत्ती आउने जाने गरेको हुँदा उपमहानगरबासी आक्रोसित भएका छन् । उक्त आक्रोशलाई पोख्न बुधबारदेखि नै विद्युत चुहावटलगायतका समस्या समाधानका लागि कसरी जान सकिन्छ भनी छलफल, बैठक, फोन कुरा गर्दै आईरहेका थिए ।


सोही सन्दर्भमा विहिबार समेत उपमहानगर भित्र रहेका उद्योगी, व्यापारी, पत्रकार, आम उपमहानगरबासी लगायतहरु सहभागी भई आज शुक्रबार सम्बन्धित समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शन गर्ने तयारी अनुसार आज प्रदर्शन गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शनका क्रममा विभिन्न संघ संस्थाबाट प्रदर्शनमा सहभागी भई समस्या समाधानका लागि नेपालगन्ज विद्युत वितरण शाखा प्रमुख दिवाकरण प्याकुरेललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।


ज्ञापन पत्रमा बुझाउ“दै नागरिक अधिकार मञ्च बाँके शाखा अध्यक्ष रमेत चन्द्र कुमालले नेपालगन्जमा छिनछिनमा विद्युत जाने हुँदा यहाँ बसोबास गर्ने आम सर्वसाधारण उपमहानगरबासीलाई पर्न जाने समस्या समाधानको पहल छिटोभन्दा छिटो गरिनुका साथै विगतमा गरिएका सम्झौता अनुसार नेपालको सबभन्दा गर्मी हुने स्थानको रुपमा पहिचान कमाएको हुँदा विद्युत कटौती नगरी निरन्तर सेवा सुचारु होस भनी ज्ञापन पत्रमा उल्लेख गरेका थिए ।
सोही अनुसार अर्को ज्ञापन पत्र नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले दैनिक रुपमा लो–बोल्टेज, छिनछिनमा विद्युत जाने आउने समस्याले गर्दा कतिपय उद्योगहरुको नोक्सानी, आम सर्वसाधारणहरुलाई समस्या, आर्थिक नोक्सानी लगायत हुने गरेको हुँदा १ हप्ता भित्र समस्या समाधान गरी उपमहानगरबासीलाई सेवा दिनुपर्ने उल्लेख गरेका थिए ।


ज्ञापन पत्र बुझ्दै सम्बन्धित वितरण शाखा प्रमुख प्याकुरेलले विगत २ दिने अगावै समस्या समाधान तर्फ हामीले चाल्नुपर्ने पाईला चाली सकेको हुँदा थप समस्या समाधान जस्तै फोनमार्फत सही सूचना उपलब्ध गराउने, समयमा फोन उठाउने लगायत यहाँबाट हुने समस्या समाधान १ साता भित्र समाधान गर्ने तथा यहाँबाट हुन नसक्ने समस्या माथिल्लो निकायसम्म पु¥याउने बताउनुभयो ।
विरोध प्रदर्शन कार्यक्रममा १ सय बढी उपमहानगरबासीहरुको सहभागिता रहनुको साथै विभिन्न गैर सरकारी संघसंस्था, उद्योग व्यापारी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *