Saturday, April 18सत्यम खबर
Shadow

बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न

नेपालगंज,६ असार – बाढीका वखत हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउन प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास मंगलवार राप्ती नदीको सिधनिया घाटमा सम्पन्न भएको छ ।


आन्तरीक मामिला तथा संचार मन्त्रालय, लुम्विनी प्रदेशको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा आइएमओको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास गरिएको हो ।


प्रदेश, जिल्ला तथा स्थानिय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्का काम गर्ने सवै सरोकारवालासंगको समन्वय तथा सहकार्यलाई प्रभावकारी वनाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माले वताउनु भयो । उहाँले विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने समेत वताउनु भयो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य वहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका वखत हुने घाइतेको खोज तथा उद्धार, वेपत्ताको खोजी, घाइतेको प्राथमिक तथा मेडीकल उपचार विधिलाई अभ्यासमा देखाईएको थियो ।


रवर बोट, मोटर बोट, गोताखोर लगायतको प्रयाग गरी गरिएको अभ्यास कार्यक्रममा प्रदेश सांसद कृष्णा केसी, नेपाली सेनाका उपरथी उत्तमकुमार विष्ट, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक दिग्विजय सुवेदी, जिल्ला समन्वय उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानु, जिल्लाका सुरक्षा प्रमुखहरु, गृह तथा सघिय मामिला तथा सामान्य मन्त्रालयका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, रेडक्रस बाँकेका पदाधिकारीको सहभागिता रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *