Saturday, April 18सत्यम खबर
Shadow

रहेनन् वरिष्ठ चित्रकार नायक आशाराम माैर्य

नेपालगन्ज, ६ असार- राष्ट्रिय प्रतिभा पुरस्कार तथा देशकाे ठुलाे धनराशी भएकाे अरनिकाे राष्ट्रिय प्रज्ञा पुरस्कार बिजेता अवधीभाषी वरिष्ठ चित्रकार आशाराम माैर्यकाे आज साेमबार दिउँसाे उपचारकाे क्रममा निधन भएकाे छ ।
अवधी भाषी वरिष्ठ चित्रकार नायक, मुर्तिकार, संगितकार, साहित्यकार माैर्यकाे निधनले अवधी भाषी क्षेत्रमा थप एक दिव्य नक्षत्र विलिन भएकाे अवधी साँस्कृतिक प्रतिष्ठान बाँकेका अध्यक्ष बिष्णुलाल कुमालले बताउनुभयाे ।
अध्यक्ष कुमालका अनुसार कलारत्न आशाराम मौर्यकाे लामो समयदेखि उपचार भईरहेकाे थियाे । साेही उपचारकाे क्रममा आज भेरी अस्पतालमा उनकाे निधन भएकाे जानकारी गराउनुभयाे ।

वरिष्ठ चित्रकार नायक आशाराम माैर्यकाे अन्तिम संस्कार उहाँको पैत्रिक गाउँ नेपालगन्जको इन्द्रपुरमा हिन्दु धार्मिक परम्परा अनुसार हुने पारिवारिक स्राेतद्वारा जानकारी गराईएकाे छ ।

“वरिष्ठ चित्रकार, साहित्यकार आशाराम ज्युकाे अकल्पनीय निधनको खबरले अत्यन्तै मर्माहत तथा स्तब्ध भएका छाैं, उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ” मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले शाेक सन्देश जारी गर्नुका साथै यस दुःखद घडीमा समस्त परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी शाेक सन्देशमा उल्लेख गरेका छन् ।

वरिष्ठ चित्रकार नायक माैर्यलाई स्थानिय सामाजिक संघ संस्थाहरूद्वारा अवधी विकास क्षेत्रमा गरेकाे याेगदान स्वारूप थुप्रै सम्मान, कदर पत्र प्रदान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *