
सकिल अहमद राई
जानकी, ५ असार – बाँकेको जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम एकता शिक्षा समाज कल्याण संस्थाको आयोजना र सत्यमखबर डटकमको सहयोगमा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राईको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तब्य राखेका थिए । जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि १ नं. वडा देखि ६ नं. वडासम्मको वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, पालिका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण पदाधिकारीहरुलाई खादा, टोपी, टिका, मायाको चिनो दिएर सम्मान गरिएकाे थियो ।
सम्मान कार्यक्रममा सत्यमखबर डटकमका सञ्चालक चन्देश्वरराज त्रिपाठीले संस्थाका विकासका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, खेलकुद र सञ्चारको विषयमा हामी सहयोगी संस्था बनी दिनरात खटि पालिकाबासीहरूकाे भलाे हुने गरेका कामहरूकाे निगरानी, सहकार्य गर्न चाहेकाे बताउनुभयाे ।
यसैगरी जानकी ५ नं. वडाका नवनिर्वाचित वडा अध्यक्ष टिकानाथ यादवले भन्नु भयो – “अब हामी संघ संस्थाले विभिन्न प्रकारका उत्सर्जक कार्यक्रम दिनेछौं ।” एकता शिक्षा समाज कल्याण संस्थाले हामीलाई सम्मान गरेकोमा आभार प्रकट गरेका थिए ।
यसैगरी जानकी गाउँपालिका प्रमुख छब्बन् खाँले “अब सावनदेखि जानकी पालिका भित्र जन्म लिने सम्पुर्ण छाेरीहरूलाई ५ हजारको दरले रकम खाता खाेले जम्मा गरिदिन बजेट कार्यान्वयन हुन्छ” भनी जानकारी गराउनुभयाे । सम्मान गर्ने संस्थाद्वयलाई धन्यबाद ज्ञापन गर्दै खाँले आफू पालिकाबासीकाे सेवामा दिनरात खटिने भएकाे हुनाले पालिकाबासीले जहिले पनि मेरो आवश्यकता महसुस भए म हाजिर हुने बताउनु भयाे ।
सम्मान कार्यक्रममा जानकी गाउँपालिका प्रमुख छब्बन् खाँ, उपप्रमुख रामप्यारी यादव, जानकी १ नं. का वडा सदस्यहरु, जानकी २ नं. का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, ३ नं. का वडा अध्यक्ष राजकुमार वर्मा, ५ नं. का वडा अध्यक्ष टिकानाथ यादव, कार्यपालिका सदस्यहरु, संस्था सल्लाहकार उमेश नाथ मिश्रा, सत्यमखबर डटकम पत्रकारहरु लगायत ३ सय जनाको सहभागिता रहेको थियो ।
सम्मान कार्यक्रमको सञ्चालन सत्यमखबरका सन्ध्या शर्माले गर्नु भएकाे थियाे भने समापन संस्थाका अध्यक्ष सकिल अहमद राईले गर्नु भएको थियो ।
