Sunday, April 19सत्यम खबर
Shadow

नेपाललाई भारतले १.७ लाख टन रासायनिक मल दिने

काठमाण्डौ, ६ असार – भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो।
त्यस्तै भारतले अहिले एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ। आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ।


स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ। त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ। रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ।

नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायनिक मल पाउनलागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *