Saturday, June 27सत्यम खबर
Shadow

आस्था

आर्टिष्ट संघकाे जिल्ला सम्मेलन सम्पन्न, पाैडेलकाे अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन

आर्टिष्ट संघकाे जिल्ला सम्मेलन सम्पन्न, पाैडेलकाे अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
बब्लू शेष नेपालगन्ज, ५ असार - नेपाल कमर्शियल आर्टिष्ट संघले जिल्ला सम्मेलनका लागि शनिबार नेपालगन्जमा सात सदस्यीय नयाँ कार्य समिति चयन गर्नुभएको छ । जिल्ला सम्मेलनका लागि नेपाल कमर्शियल आर्टिष्ट संघका नारायण पौडेलको अध्यक्षतामा एक भेलाको आयोजना गरि सात सदस्यीय नयाँ कार्य समिति चयन गर्नुभएको हो । भेलाबाट तदर्थ समिति बनाएको छ । जसमा अध्यक्षमा नारायण पौडेल , उपाध्यक्ष डि.बि भण्डारी , सचीव श्याम थापा, सह-सचीव रबिन बि.क., कोषाध्यक्ष नरेश नेपाली, सदस्य ताहिर शेषराई र निजाम शेष रहेका छन् । भेलामा नेपालगन्ज, खजुरा, कोहलपुर गरि ३० जना भन्दा बढी आर्टिष्टको सहभागिता रहेको आयोजकले जनाइएको छ । कार्यक्रमको सञ्चालन प्रकाश गिरिले गर्नु भएको थियोे । साथै आर्थिक समितिको पनि चयन गरिएको छ ।...
तीन जनालाई साहित्यकार सम्मानित

तीन जनालाई साहित्यकार सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ५ असार – बाँकेको नेपालगन्जमा भारतको महाराष्ट्र राज्यको नासिक शहरका साहित्यकार डा.राजेन्द्र खटाटे, श्रीमती मनिषा खटाटे र नेपाल भारत मैत्री संघ नेपालको वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सुष्मा शर्मालाई शुक्रवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्ज बाँके काव्य विभागद्वारा आयोजना गरिएको काव्य बिभागका संयोजक तथा साहित्यकार मिना बरालको अध्यक्षतामा कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यिमा साहित्यिक विमर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्जका महासचिव लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्जका अध्यक्ष तथा प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सिनाले तीनै जना सम्मानित व्यक्तित्वको सम्मान–...
कपास किसानलाई एक दिने तालिम सम्पन्न

कपास किसानलाई एक दिने तालिम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पटौली (राजपुर दाङ्ग), १ असार - कपास विकास समितिद्वारा एक दिने तालिम स्थानीय कपास किसानहरूलाई दिईएकाे छ । कपास बिकास समितिका अधिकृत बिजयकुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यालय अध्यक्ष हेमन्तराज काफ्लेको प्रमुख अतिथ्यिमा स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल चौधरीले दिएका थिए । किसानलाई माटो कसरी छनोट गर्ने, कस्तो तरिकाले लगाउने, कति दाना बीउ हाल्ने, कति दुरि, कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे प्राबिधिक चौधरीले प्रष्ट पारेका थिए र अधिकृत बिजयकुमार जोशीले कपास लगाई सके पछि हुने चुनौतीहरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमणबाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिएका थिए र किसानहरुलाई उत्प्रेरित गर्न यो बर्ष आफुले भाडामा जमिन लगेर ब्यक्तिगत एक बिगाहाम...
धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ असार – नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको अवस्थामा धार्मिक, सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बा“केका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।शोसल मिडिया लगायत साधनबाट धार्मिक आस्था माथि अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने धार्मिक भावना भड्काउने जो सुकै धर्मका व्यक्तिहरू विरूद्ध कडा कार्यवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय बा“केमा ज्ञापनपत्र बुझाईएको नागरिक अगुवा दिपक लोधले बताए । राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौध्दीष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली का“ग्रेसका युवा नेता सुधांसु कोइराला, नागरिक अगुवा दिपक लोध राजपुत, मुस्लिम अगुवा मे...
सत्यतथ्य छानबिनको माग गर्दै सिंह र रौनियारद्वारा प्रजिअलाई ज्ञापनपत्र

सत्यतथ्य छानबिनको माग गर्दै सिंह र रौनियारद्वारा प्रजिअलाई ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ असार – नेपालगन्जको सदभावलाई बिथोल्न केही तत्वहरु लागि परेको हाल अभाष भईरहेको नेपालगन्जबासीहरुको भनाई रहेको छ । केही दिन अगाडी भारतीय मिडियाको एउटा च्यानेलमा भारतीय जनता दलकी प्रवक्ता नूपुर शर्माले डिबेडका क्रममा मुस्लिम धर्मावलम्बीहरुको अन्तिम सन्देष्टबारे अभद्र टिप्पणी गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सोही विषयलाई लिएर नेपालगन्जमा बसोबास गर्ने मुस्लिम धर्मावलम्बीहरुले गत शुक्रबार प्रवक्ता नूपुर शर्मा तथा नेपालगन्ज निवासी राजेश जलान ‘विद्रोही’लाई कानुनी कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । त्यस लगत्तै सार्वजनिक सञ्चालमा नूपुर शर्मा र राजेश जलान ‘विद्रोही’ को स्पोर्टमा स्टाटसहरु जारी हुन शुरु भयो । सो प्रक्रिया रोक्न, सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा सार्वजनिक सूचना नै जारी गरिएको छ । सोही विषयलाई लिएर बुधबार विश्व हिन्दु पर...
३८ जनाले गरे रक्तदान

३८ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – बिश्व रक्तदाता दिवसको अवसरमा बास स्वयम् सेवक समुहले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८जनाले रक्तदान गरेका छन् ।बास नेपालको आयोजना, बास स्वयम् सेवक समुहको संयोजन तथा यमहा सोरुम कोहलपुरको सहकार्यमा नेपालगन्ज स्थित रक्त सञ्चार केन्द्रमा रक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान गर्ने कार्यमा ऐक्येबद्धता जनाऔं जिवन बचाउने अभियानमा सहभागि हौं भन्ने नाराका साथभएको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, पूर्व अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य खेम बिष्ट, तपेन्द्रबहादुर मलाती, जनसम्पर्क विभाग प्रमुख कमल शाही, बास स्वयम् सेवक संयोजक श्रुती चौधरी, स्वयम् सेवक आशिष गिरी, अशोक रावल, गिता बिक, रमिता शाह, शान्ति शाह, दिनेश चौधरी, प्रदिप बोहरा, रबिन थारु, सपना थारु, संगम राजबंसि, अरणीको थारु, निरुता थारु, आस्ना थारु, लौटन थारु, संग...
“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्जमा केही दिनदेखि धार्मिक सद्भाव बिगार्ने आरोप लागेका नेपालगन्ज निवासी राजेशकुमार जलान “विद्रोही”ले आफूलाई अनाहकमा फसाईएको प्रेस विज्ञाप्तीमार्फत जनाएका छन् ।जलानद्वारा जारी विज्ञाप्तीमा “नेपालगन्ज निवासी म राजेशकुमार जलान सर्बसाधारण नेपाली नागरिक हु । बिपक्षि इस्तियाक अहम शाह र निजका दाइ रिजवान अहमद शाहबीच लेनदेन कारोबार भै बिगत १०÷१२ बर्षदेखि एक अर्काको विश्वासमा परि रकम लेनदेन हु“दै आइरहेको र रकम लेनदेनको क्रममा नरैनापुर गाउ“पालिका प्रमुख इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहले म बाट पटक–पटक गरि रु. १,३०,०००००।– (एक करोड तिस लाख) मात्र सापटी लिएको हो र सो सापटी लिएको रकम तिर्न नपरोस भनि गलत नियत राखी म राजेशकुमार जलानलाई अनावश्यक हु“दै नभएको बिबादमा फसाई पटक–पटक जेल नेल गराउने, मानसिक तनाव दिने नियतका साथ कार्य गर्दै आएका छन्” भनी उल्लेख गरेको छन् । ...
चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग

चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ३१ जेष्ठ – देशकै सबैभन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने व्यवस्था, स्वच्छ र सफा पानी पिउन नपाएर समस्या भएको छ । नेपालको संविधान २०७२ को धारा ३५ अन्तर्गत स्वास्थ्य सम्वन्धीको हकको उपदफा (४) मा समेत स्वच्छ खानेपानी प्रत्येक नागरिकलाई व्यवस्था गर्र्ने व्यवस्था रहेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बाँकेमा आउने सेवाग्राहीका लागि स्वच्छ, शुद्ध, सितल पानी पिउनका लागि समस्या भएको छ । प्रशासनले आफै खानेपानीको व्यवस्थापन नगरे पनि केही महिना अघि डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको शुद्ध खानेपानी मेसिन लामो समयदेखि विग्रिएर सेवाग्राहीले पानी समेत पिउन नसकेपछि सो को तत्काल संचालन गर्न नागरिकस...
पोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु

पोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ३१ जेष्ठ – बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्र्तगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, सह संयोजक विरेन्द्र घलेले सहजीकरण गरिरहनु भएको छ । डुडुवामा गत आर्थिक वर्ष २०७७/०७८ मा १५३ जना कुपोषित बालबालिकाहरु रहेका छन् । त्यसमा २४ जना नयाँ जोखिम कुपोषित बालबालिका रहेका छन भने अति जोखिम नया ५ जना कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको ।गत आर्थिक २०७८/०७९ मा १५० जना कुपोषित बालबालिका मध्ये १६ जना नयाँ र ४ जना अति जोखिम कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाक...
स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष र उपाध्यक्षलाई नेपालगन्जमा बधाई

स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष र उपाध्यक्षलाई नेपालगन्जमा बधाई

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – स्वतन्त्र पत्रकार संघ नेपालका नव निर्वाचित राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला र उपाध्यक्ष निरज गौतमलाई नेपालगन्जमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।बास नेपाल केन्द्रीय कार्यालय नेपालगन्जमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार संघ स्वाभिमानि पत्रकारहरुको समुह भएको बताए । उनले संघले स्वतन्त्र पत्रकारहरुलाई ब्यवसायिक र आत्मनिर्भर बनाउने तर्फ ध्यान दिने बताए । स्वतन्त्र पत्रकार संघलाई सबै ब्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा गर्ने गरी योजनाका साथ अगाडी बढाउने प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै संघका राष्ट्रिय उपाध्यक्ष निरज गौतमले स्वतन्त्र पत्रकार संघ संस्थागत विकाससँगै अगाडी बढ्ने बताए । संस्थाको दिर्घकालिन र अल्पकालिन योजना तयार गरि सोही अनुरुप अगाडी बढ्ने बताउ“दै आफ्नो जिम...