स्वास्थ्य तथा शिक्षामा जोड दिँदै वडा नं. ६ को वडाभेला सम्पन्न
सकिल अहमद राई/नैतिक त्रिपाठीनेपालगन्ज, १३, असार – स्वास्थ्य तथा शिक्षामा पहिलो प्राथमिकता दिई काम अगाडी बढाउने प्रतिबद्धताका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेला आज सोमबार सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेला आज स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा बिहान ८ बजे राखिएको थियो । उक्त भेलामा वडाबासीहरुले आ–आफ्नो टोलको विभिन्न समस्याहरु राख्नुका साथै आउने आर्थिक वर्षमा के–के काम टोलमा गर्ने भनी चिठ लेखी वडा प्रतिनिधिहरुलाई बुझाएका थिए ।
वडाबासी मदनराज शर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ भित्र रहेका सम्पूर्ण मठमन्दिरको संरक्षण सम्बद्र्धन गर्नुका साथै मठमन्दिरको जमिन यकिन गरी नापनाक्स राख्नुका साथै आउने दिनमा पानीको मुहान कम नहोस भनी स्थानीय ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरी कार्य अगाडी बढाउनु पर्ने बताएका थिए ।यसैगरी वडाबासी मनिषराज र...









