
नेपालगन्ज, १० असार – नेपालगन्जमा ३६ औं अन्तर्राष्ट्रिय एसओएस दिवस अन्तर्गत आयोजित कार्यक्रममा एसओएस नेपालको ५०औं स्थापना दिवस तथा प्रो. डा. हर्मन माइनरको १०३ औं जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी नेपालगन्जमा मनाइएको छ ।
एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुरलाराम बिश्वासको अध्यक्षतामा नेपालगन्ज उपमहानगपालिका वार्ड नं.–१८ करकाँदौ स्थित रहेको एसओएसमा ३६ औं अन्तर्राष्ट्रिय एसओएस दिवस नेपालगन्ज उपमहानगपालिकाका प्रमख प्रशान्त बिष्टको प्रमख आतिथ्यमा सम्पन्न भएको छ ।
एसओएस युवालय नेपालगन्जका अनिता शाही र सपना सिजापतिद्वारा सञ्चालित कार्यक्रममा, एसओएस युवालय नेपालगन्जका काउन्सिलर लक्ष्मण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । एसओएस १३६ देशमा अभिभावक बिहिन बालबालिकाहरुको रेखदेख गरी रहेको छ साथै आफ्नो खुट्टामा उभिनका लागी आत्मनिर्भर बनाई रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रशान्त बिष्ट, बिशिष्ट अतिथि वार्ड नं.१२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्यले पानसमा बत्ती बाली प्रो.डा. हर्मन माइनरको तस्बीरमा माल्यापर्ण गरी उदघाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा बिभिन्न किसिमका खेलकुदहरुमा सफल भएका एसओएसका भाई-बहिनीहरुलाई नेपालगन्ज उपमहानगपालिकाका नगरप्रमख तथा कार्यक्रमका प्रमुख अतिथि बिष्ट र एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुरलाराम बिश्वासले पुरुस्कार बितरण गर्नु भएको लक्ष्मण कार्कीले बताउनु भएको छ ।
कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने दाताहरु रवि तुलाधर, जयदेव अवस्थी, मंगल खान, चन्द्र कण्डेल, भुपाल साहु लगायतलाई प्रमुख अतिथि बिष्ट र एसओएस युवालय नेपालगन्जका नायब–निर्देशक बिश्वासले खादा ओढाएर सम्मान गर्नु भएको थियो ।
प्रमुख अतिथि बिष्टले शुभकामना मन्तव्य व्यक्त गर्दै राज्यले गर्न नसेको कार्य एसओएसले गरी रहेको प्रशंसनीय रहेको छ । एसओएसले निस्वार्थभावले कार्य गरी रहेको, अभिभावक बिहिन बालबालिकाहरुको अभिभावकको भूमिका निर्वाह गरिनुका साथै आत्मनिर्भर समेत बनाई बाेल्दै उच्चशिक्षाको लागी नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताउनु भयाे ।
बिशिष्ट अतिथि वडाध्यक्ष तरुणकुमार बज्राचार्य, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, जिल्ला शिक्षा बिकास समन्वय ईकाइका प्रमुख रामसुरेश यादव, फत्तेबाल आँखा अस्पताल नेपालगन्ज डा. देवराज भारती, भेरी अस्पताल नेपालगन्जका गंगाबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एसओएसका अनिता शाही, सपना सिजापति, निशा आचार्य, अञ्जली, स्मृति, दुर्गा, तुलसी लगायतले नृत्य प्रस्तुत गरेकी थिइन ।
एसओएस बालग्राम सुर्खेतकी छोरी दैलेख घर भएकी अनिता शाहीले आफ्नो बायोग्राफी सो कार्यक्रममा प्रस्तुत गरेको एसओएस युवालय नेपालगन्जका उपनिर्देशक मीना तुलाधरले बताउनु भयाे ।
कार्यक्रममा आर्दश माध्यमिक बिद्यालयका निर्देशक आई.पी. पोख्रेल, ब्राइट कलेजका राजेश केशर खना, नील सागर बृद्ध आश्रम नेपालगन्जका अध्यक्ष सरिता खनाल, अमन सुवेदी, लग्दहवा माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक दिपक चेम्जोङ्ग, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका पूर्व प्रधानाध्यापक ललिता उपाध्याय, हिरालाल प्रसाई, आकाश जायसवाल एसओसलाई सहयोग गर्ने दाताहरुको सहभागिता रहेको थियो ।
