Thursday, April 23सत्यम खबर
Shadow

जानकी को ५ मा योजना सुझाव संकलन

जानकी, ८ असार – बाँके को जानकी गाउँपालिकाको वडा नं. ५ को वडा कार्यालयले ०७९/०८० का लागि योजना संकलन पृथकीकरण बारेमा सुझाव संकलन गरेको छ ।

अगामी वर्षका लागि योजनाहरू जनस्तरबाटै संकलन गरेर कार्ययोजना बनाउन र पारदर्शी ढङ्गले अगाडी बढ़नका लागि सुझावहरु सँकलन गरिएको छ ।
सो कार्यक्रम जानकी गाउ‌ँपालिकाका अध्यक्ष छब्बन खाँले जनचाहना अनुरूप गाउँको विकास गर्न खुल्ला, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अनुसार नै योजना बनाउने र विकास गर्ने बताउनु भएको छ ।

वडा नं. ५ का वडा अध्यक्ष टीकानाथ यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष यादवले ग्रामीण जीवनमा सुधार‌का लागि जनचेतना अभिवृद्धि गर्दै, शिक्षा, स्वास्थ, सिंचाई, रोजगार र महिला विकासका योजनाहरूलाई अघि बढाउने बताउनु भयो ।

वडाको विकासका लागि टोल-टोलबाट योजना संकलन गरि वृहत छलफल र सबैको सहभागितामा वडा स्तरिय भेला गरि सुझाव संकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *