Thursday, April 23सत्यम खबर
Shadow

राप्ती सोनारीमा ८८ करोड ३१ लाखको बजेट ल्याइँदै

राप्तीसोनारी, ८ असार – राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तिब्र पारिएको छ । आगामी शुक्रबार (असार १० गते) दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।

‘हामी गाउँसभा गर्ने तयारीमा जुटिसकेका छौं, गाउँ सभामा प्रस्तुत गर्ने बजेट बारेको छलफल अन्तिम चरणमा पुगेको छ,’ उनले भने । उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

‘गाउँ सभाको तयारी कै लागि हामी निरन्तर कार्यपालिका बैठकमा छौं, कहाँ कति बजेट विनियोजन गर्ने भन्नेबारे कार्यपालिका बैठकमा छलफल भएको छ,’ उपाध्यक्ष थारुले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाको बजेट सिलिङ पठाइएको छ ।

मापदण्ड नै बनाएर वडामा १ करोड ६० लाखदेखी १ करोड ९० लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ । यसैगरी गाउँपालिकाले खर्च गर्ने बजेट ३५ करोड ४६ लाख ४८ हजार रुपैयाँ गरी कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । गाउँ सभामा सभाध्यक्षसहित ४७ जना सदस्य सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *