Sunday, June 28सत्यम खबर
Shadow

आस्था

जानकीमा छात्रालाई साइकल वितरण

जानकीमा छात्रालाई साइकल वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, ९ साउन - जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । आइतबार आयोजित कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो । वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसर मै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले वडा नम्बर ५ का छात्रालाई साइकल हस्तान्तरण गर्दै उच्च शिक्षासम्म पुग्ने शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका गाउँपालिका प्रमुख छब्बन खाँले सम्बोधन गर्दै विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरेको बताउनु भयो ! यसैगरी घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण थालिएको बताए । वितरण क...
भारत–नेपाल मैत्री संघद्वारा नेपालगन्जका पत्रकारहरु सम्मानित

भारत–नेपाल मैत्री संघद्वारा नेपालगन्जका पत्रकारहरु सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ साउन – भारत नेपाल मैत्री पत्रकार संघको आयोजनामा शनिबार नेपालगन्जमा एक कार्यक्रम गरी नेपालगन्जका केही पत्रकारहरुलाई सम्मानित गरिएको छ । भारतका प्रिन्ट एवम् इलेक्ट्रानिक अनर्लिस्ट एसोसिएशनका राष्ट्रिय अध्यक्ष गिरीश चन्द कुशवाहाको प्रमुख आतिथ्यतामा नेपालगन्जका वरिष्ठ पत्रकार तथा जनमत अर्धसाप्ताहिकका सम्पादक/प्रकाशक पूर्णलाल चूकेलाई सम्मानित गरिएको हो । यसैगरी विगत १४ वर्षदेखि समाज जागरण साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका प्रकाशक/सम्पादक चन्द्रेश्वरराज त्रिपाठीलाई समेत सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा कृष्णसार एफएमका सन्ध्या शर्मा, सत्यमखबर डटकमका शुभम शर्मा, हिमालनी हिन्दी मैगजीनका पवन जयसवाललाई समेत उक्त अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रमको आयोजना राष्ट्रिय सचिव तथा भारत – नेपाल पत्रकार मैत्री संघका अध्यक्ष शेरसिंह कसौधनले गरेका थिए भने कार्यक्...
७५ देशमा पुग्यो मंकिपक्स, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

७५ देशमा पुग्यो मंकिपक्स, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ साउन –विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्। मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्नेबारे डब्लुएचओको विज्ञ समूह सहमतिमा पुग्न सकेको थिएन। विज्ञ समूह विभाजित भएपछि गेब्रेएससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन्। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ। ‘हामीले कमै थाहा पाएका नयाँ माध्यमबाट तीव्र गतिमा संसारभरि फैलिरहेको यो संक्रमण स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सबै अवस्थामा पुगेको छ,’ गेब्रेएससले भनेका छन्। केही विज्ञहरूले भने डब्लुएचओले हतार-हतारमा मंकिपक्सलाई ...
तिब्बतको प्राकृतिक सम्पदाको दोहन गर्दै चीन

तिब्बतको प्राकृतिक सम्पदाको दोहन गर्दै चीन

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ साउन –चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै जनसांख्यिकी परिवर्तन गरिरहेको अधिकारवादी समूहहरुले बताएका छन् । ती समूहहरूले चीनले तिब्बतमा भारी नियन्त्रण राखेको बताउँदै प्रणालीगत रूपमा मौलिक अधिकारहरूको दमन एवं नागरिक समाजमाथि कडा नियन्त्रण गरेको बताएका छन् । सन् २०२१ मा चीनद्वारा प्रकाशित ४० पृष्ठभन्दा लामो ‘१९५१ देखि तिब्बत: मुक्ति, विकास’ नामक श्वेतपत्रले वातावरणीय कारकहरूमा चीनको उपेक्षालाई छर्लंग पारेको छ । उक्त श्वेतपत्रले थुप्रै बाँध निर्माण र धेरै पूर्वाधार विकासको पहल गरेको छ । तथापि यसले वातावरणीय विनाशलाई ध्यानमा नराखेको अनुसन्धान समूह (पोरेग) ले रिपोर्ट गरेको छ । (स्रोतः लिम्बुवान न्यूज)...
बेल्ट एन्ड रोड सम्झौता तत्काल ब्रेक गर्दा देश सुरक्षित

बेल्ट एन्ड रोड सम्झौता तत्काल ब्रेक गर्दा देश सुरक्षित

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ साउन –नेपालमा कम्युनिस्ट उदयपछि चिनियाँ प्रभाव बढेको थियो। त्यस समय नेपालमा चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा व्यापक चर्चा भएको थियो। त्यसबाट भारत निराश पनि बनेको थियो। तर, पछिल्लो समय सीमा अतिक्रमण, मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलगायतका कुराहरुले दुई देशबीच बढ्दो अविश्वासका कारण चीनले नेपालमा हासिल गरेको प्रारम्भिक लाभको स्तर अहिले घट्दै गएको देखिन्छ । यसले कूटनीतिक सम्बन्ध, व्यापारमा नकारात्मक प्रभाव पारेको छ भने अझ महत्त्वपूर्ण कुरा चिनियाँ राष्ट्रपति सी जिनपिङको पाल्तु परियोजना बीआरआई परियोजना पनि अघि नबढ्ने भएको छ। The National flag of Nepal blowing in the wind in front of a clear blue sky सन् २०२१ मा चीन समर्थक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिएपछि अवस्था परिवर्तन भएको थियो। नेपालले मार्च २०...
चीनले हेनान प्रान्तका बैंक निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ताको माग गर्दै गरेको विरोधलाई दबाइयो

चीनले हेनान प्रान्तका बैंक निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ताको माग गर्दै गरेको विरोधलाई दबाइयो

आर्थिक, आस्था, प्रदेश ५, विदेश, समाचार
बेइजिङ (चीन), ८ साउन – चीनले आइतवार सयौं निक्षेपकर्ताहरूको विरोधलाई तितरबितर पारेको छ। उनीहरू नगद संकटमा परेका बैंकहरूबाट आफ्नो पैसा फिर्ता गर्न माग राख्दै प्रदर्शन गर्दै थिए। चीनको हेनान प्रान्तका चार ग्रामीण बैंकहरूले अप्रिलदेखि लाखौं डलरको निक्षेप जम्मा गरिसकेका छन् । तर ती बैंकहरूले पहिले नै कोविडबाट प्रभावित हजारौं ग्राहकहरूको जीविकालाई खतरामा पारेको छ। हेनानको प्रान्तीय राजधानी झेङझाउ सहरमा सयौं निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता माग्दै प्रदर्शन गरेका छन्, तर चिनियाँ अधिकारीहरूले उनीहरूको मागलाई बेवास्ता गरिरहेका छन्, सीएनएनले रिपोर्ट गरेको छ। आइतवार, 1,000 भन्दा बढी निक्षेपकर्ताहरू देशको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाको झेंग्झाउ शाखा बाहिर भेला भएर ठूलो विरोध प्रदर्शनकारी सुरु गरेका थिए। आन्दोलन दबाउन स्थानीय सरकारले सादा लुगा लगाएको थियो । यो निक्षेपकर्ताहरू...
खुमाको नेतृत्वमा नेपाल शिव सेना महिला संगठन बाँके गठन, जिल्ला उपाध्यक्षमा राजेश जलान

खुमाको नेतृत्वमा नेपाल शिव सेना महिला संगठन बाँके गठन, जिल्ला उपाध्यक्षमा राजेश जलान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ साउन – नेपाल शिव सेना बा“के जिल्ला अध्यक्ष मदनराज शर्माको अध्यक्षतामा शनिबार एक कार्यक्रम गरी नेपाल शिव सेना महिला संगठन गठन गरिएको छ । खुमाकुमारी ओलीको नेतृत्वमा ३३ सदस्यीय गठन गरिएको नेपाल शिव सेना महिला संगठनका उपाध्यक्षमा मञ्जु गुप्ता, सचिवमा मनिषा सुनार, सहसचिवमा ईन्द्रिरा सुनार, कोषाध्यक्षमा शारथी सुवेदीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा क्रमशः मनकुमारी शाही, रिना शाह, जानकी रोकाय, भगवती सुवेदी, सीता शाही, कमला चन्द, उमा शाह, दिपा चन्द, कमला कुँवर, रमा बोहरा, जानकी द्विवेदी, शान्ति द्विवेदी, पार्वती सुनाली, शुशीला श्रेष्ठ, यशोदा गौली, कल्पना आचार्य, बिमला लामा, ललिता खत्री, माधवी श्रेष्ठ, मैथादेवी पौडेल, जमुना सुवेदी, शोभा लम्साल, लुमादेवी शर्मा, आशा सिंह खुत्री, रिशा गिरी, शान्ति गिरी, शुसिला गौतम, र माला ओलीलाई चयन गरिएको छ । यसैगरी नेपाल शिव सेन...
पुष्पलाल स्मृति दिवसमा बिचार गोष्ठी

पुष्पलाल स्मृति दिवसमा बिचार गोष्ठी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ असार - नेकपा एमाले बाँकेले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसर पारेर बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको स्मरण गर्दै नेकपा एमाले बाँकेले बिचार गोष्ठी तथा प्रमाणपत्र बितरण कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमाले बाँकेले आयोजना गरेको बिचार गोष्ठीका प्रमुख अतिथी, नेकपा एमाले केन्द्रीय कमिटीका सचिब एबं लुम्बिनी प्रदेशका ईन्चार्ज छविलाल विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा पुष्पलाल श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै नेकपा एमालेका हरेक कार्यकर्ताले स्मरणमा मात्र नभई गन्तब्य पछ्याउँदा सम्म सम्झीरहने बताए । उनले पुष्पलालले देखाएको बाटोमा अबिचलित हिडीरहने भन्दै पुष्पलालको स्मृतिलाई चिर स्थायी बनाउने हिसाबले नेपालको राष्ट्रिय राजनीतिमा नेकपा एमालेले महत्वपूर्ण योग...
डेढ दशकअघि चीन घुसेपछि यसरी भयो श्रीलंकाको पतन

डेढ दशकअघि चीन घुसेपछि यसरी भयो श्रीलंकाको पतन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ साउन –श्रीलंकामा भएको विद्रोहले टापु राष्ट्रका राष्ट्रपति गोटाबाया राजापाक्षे कोलम्बोबाट अज्ञात गन्तव्यमा भागेर बस्ने अवस्थामा पुगेका छन् । राष्ट्रपतिको र प्रधानमन्त्री निवासमा सर्वसाधारणले गरेका छन् । यो चीनसँग घमण्डको खतराको ज्वलन्त उदाहरण बनेको छ भने बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत चिनियाँ सहयोग नलिन अन्य साना राष्ट्रहरूलाई गम्भीर चेतावनी हो । डेढ दशकअघि श्रीलंका सरकारले लिबरेशन टाइगर्स अफ तमिल इलम(एलटीटीई)सँग जुधिरहेको बेला चीनले श्रीलंकामा प्रवेश गरेको थियो ।विद्रोहीहरूसँग हारेको युद्ध लड्दै ती दिनहरूमा अमेरिकाले श्रीलंकालाई सिधा सैन्य सहायता बन्द गरेको थियो किनभने श्रीलंका सरकारको मानव अधिकारको रेकर्ड बिग्रिएको थियो र नयाँ दिल्लीले कोलम्बोलाई आपत्तिजनक हतियारहरू बेच्न अस्वीकार गरेको थियो । प्रधानमन्त्री महिन्दा राजापाक्षेको हतियार किन्ने क्रममा त्यो शून्यत...
सीमानाकामा बिताएको एक वर्ष

सीमानाकामा बिताएको एक वर्ष

CoVid19, आस्था, प्रदेश ५, बिचार, समाज
मितिः २०७९ साउन ७ गतेप्रतिभा ढकालविश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड –१९)को चपेटाबाट नेपाल पनि अछुतो रहन सकेन । लामो नाकाबन्दी पश्चात नेपालको पूर्विद्वार काँकरभिट्टा नाकामा नेपाल रेडक्रस सोसाइटीको ‘Covid-19 Response Program’ अन्तर्गत मिति २०७८ असार २३ गतेबाट सामाजिक सेवा अन्तर्गत स्वयम्सेवकका रूपमा निरन्तर रूपमा एक वर्षसम्म अविछिन्न रूपमा कार्यसम्पादन गर्दै गर्दा भेटिएका वा पाइएका अनुभवहरूलाई सम्झिँदै गर्दा थप अनुभव र सूचाङ्कहरूको बोध भएर आउँछ । भयावह प्राणघातक महामारी केही सहज हँुदै गर्दा जुन जिम्मेवारी पाइयो त्यो आफ्नो लागि गौरवकै विषय भए पनि चुनौति पनि उत्तिकै रहेको महशुस गर्दै अत्यन्तै होसियारीका साथ स्वास्थ्य मापदण्ड अपनाउँदै कार्य सम्पादन गर्नुपर्ने स्थितिलाई अत्मसाथ गर्नै प¥यो । नाकामा वारिपारी गर्ने संख्या अघिल्लो समयभन्दा पछिल्लो समयमा क्रमश बढ्दै गएको पाइयो । त्यसै ...