
काठमाण्डौ, ८ साउन –चीनले विश्वको छाना तिब्बतलाई आफ्नो प्रभावमा ल्याउन र यहाँको प्राकृतिक सम्पदाको दोहन गर्दै जनसांख्यिकी परिवर्तन गरिरहेको अधिकारवादी समूहहरुले बताएका छन् ।
ती समूहहरूले चीनले तिब्बतमा भारी नियन्त्रण राखेको बताउँदै प्रणालीगत रूपमा मौलिक अधिकारहरूको दमन एवं नागरिक समाजमाथि कडा नियन्त्रण गरेको बताएका छन् ।

सन् २०२१ मा चीनद्वारा प्रकाशित ४० पृष्ठभन्दा लामो ‘१९५१ देखि तिब्बत: मुक्ति, विकास’ नामक श्वेतपत्रले वातावरणीय कारकहरूमा चीनको उपेक्षालाई छर्लंग पारेको छ ।
उक्त श्वेतपत्रले थुप्रै बाँध निर्माण र धेरै पूर्वाधार विकासको पहल गरेको छ । तथापि यसले वातावरणीय विनाशलाई ध्यानमा नराखेको अनुसन्धान समूह (पोरेग) ले रिपोर्ट गरेको छ । (स्रोतः लिम्बुवान न्यूज)
