शुभारम्भ सहकारीका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया करोडौ हिनामिना गरी फरार
नेपालगन्ज, १२ साउन – शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया जमाकर्ताहरुको करोडौ रुपैयाँ हिनामिना गरी हाल फरार रहेका छन् ।
विगत २ वर्षदेखि शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अफिस कहाँ छ भनी समेत जमाकर्ताहरुलाई जानकारी नभएपछि खोजतलास जारी गरिएको छ ।सोही क्रममा जमाकर्ता अजयकुमार गुप्ताले समेत ४ लाख ५० हजार जम्मा गरेको तर हाल सञ्चालक व्यवस्थापक कृपाराम बाडिया भारततर्फ फरार रहेको हुँदा पैसा कहिले पाउने, कसले दिने विषय अन्यौल रहेको हुँदा कानुनी प्रक्रिया तर्फ जाने बताउनुभयो ।
यसबारे केही समयको लागि शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षको जिम्मेवारी बहन गर्नु भएका गेहेन्द्र केसीको भनाई अनुसार मेलै साथीको नाताले केही सहयोग गर्न पहल गरेको थिए । उक्त पहल गर्दा मेरो २०–२५ लाख रुपैया समेत लगानी भईसकेको बताउनुभयो ।अध्यक्ष गेहेन...









