Sunday, June 28सत्यम खबर
Shadow

आस्था

४४ औं स्मृति दिवस : पुष्पलालको शालिकमा माल्यार्पण

४४ औं स्मृति दिवस : पुष्पलालको शालिकमा माल्यार्पण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ असार – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४४ औं स्मृति दिवस नेकपा एमाले बाँकेले पनि विभिन्न कार्यक्रम गरी मनाई रहेको छ । विहान नेपालगन्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरेको छ भने आजै एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ । माल्यार्पण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा माल्यार्पण र एक मिनेट मौन धारण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योग्दानको स्मरण गरेका थिए । पार्टी कार्यालयमा ११ बजे हुने विचार गोष्ठीमा नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चा...
बङ्गलादेशमा भइरहेको हिन्दूहरूको दमनविरुद्ध भारतमा चासो

बङ्गलादेशमा भइरहेको हिन्दूहरूको दमनविरुद्ध भारतमा चासो

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, विदेश, समाचार, समाज
काठमाण्डौ, ५ साउन – बङ्गलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि लगातार भइरहेको धार्मिक अत्याचारलाई लिएर पश्चिम बङ्गालमा वरिष्ठ भाजपा विधायक एवं प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेख्दै यस मामिलामा हस्तक्षेपको माग गरेका छन्। उनले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यस चिठ्ठीको प्रति हालेका छन्। साथै उनले बङ्गलादेशमा हिन्दहरूमाथि भइरहेको अत्याचारको फोटोहरू पनि साझा गरेका छन्। यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्विटर अकाउन्ट पीएमओलाई पनि ट्याग गरिएको छ र हिन्दुहरूको दयनीय स्थितितिर उनको ध्यानाकर्षण गरिएको छ। बङ्गलादेशको नारेलाको लोहाग्रा उप जिल्लामा एक मन्दिर, पसल र हिन्दु समुदायका धेरै घरहरूमा मुस्लिम समुदायका मानिसहरूले तोड़फोड़ गरिरहेका छन् र हिन्दु देवी-देवताहरूलाई गाली दिइरहेका छन्। शुभेन्दुले यसबारे चिठ्ठी लेखेर भनेका छन्, '...
‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानी

‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ साउन – चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् । काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा भएको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह गरेका हुन् । ठगुना एमाले अध्यक्ष ओलिका बिश्वासका पात्र र चिनसंग निकट सम्बन्ध भएको नेताको रुपमा चिनिएका छन् ।बेला बेला उहाँले भारत बिरोधि गतिविधि गराउन चिनियाँ लगानिमा कार्यक्रम आयोजना गर्ने गरेका छन् माओवादी केन्द्रका नेता श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन् । श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन् । नेपालको स...
चिनियाँ नेताको ईसारा वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव

चिनियाँ नेताको ईसारा वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ साउन – चिनियाँ टाेली भ्रमणपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरूबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् । ‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्मआलोचना गर्दै श्रेष्ठले भने, म वामपन्थी शक्तिहरु बीचको तालमेलका लागि आग्रह गर्दछु ।’...
अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय

अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ साउन – देशमा अर्थमन्त्री जनार्दन शर्मा छानविनमा तानिएको, गभर्नरमाथि प्रश्न उठेको र नेपाल श्रीलंका बन्ने चिन्ता भइरहेका बेला शेरबहादुर देउवा सरकारले अर्थतन्त्र बलियो बनाउन कठोर निर्णय लिएको छ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिए...
चीन-अमेरिकाले नेपाललाई खेलमैदान बनाउदै

चीन-अमेरिकाले नेपाललाई खेलमैदान बनाउदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ साउन – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसिसी र एसपिपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफूअनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका हुन् । The National flag of Nepal blowing in the wind in front of a clear blue sky सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरूले भन्न सक्नुपर्ने बताए । ‘सार्वभौमसत्ता सम्पन्न मुलुक नेपाल हो । हाम्रो विषयमा एमसिसी लिनुहुन्छ कि लिनुहुँदैन ? एसपिपीमा जानुहुन्छ कि हुँदैन ? यो अथवा त्यो रूपमा नेपाललाई प्लेइङ ग्राउन्ड बनाउनेतिर दुनियाँका शक्तिहरू त्यतातिर अग्रसर भएको छ,’ उनले भने, ‘नेताहरूलाई म ध्यानाक...
नेपालकाे यार्चागुम्बा, कम भाउ तोकेर हेप्ने चिनियाँ व्यापारी प्रवृति

नेपालकाे यार्चागुम्बा, कम भाउ तोकेर हेप्ने चिनियाँ व्यापारी प्रवृति

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
कर्णाली, ५ साउन – जुम्लाका जडीबुटी व्यवसायी भीमबहादुर भण्डारीले ०४८ सालदेखि विभिन्न पाटनबाट यार्चागुम्बा संकलन गर्न थाले । सुरुको वर्ष ९ सय रुपैयाँमा किनेर काठमाडौंका व्यापारीलाई १६ सय रुपैयाँ प्रतिकिलोमा यार्चा बेचे । ०५६ सालदेखि भने उनले संकलन गरेको यार्चा चिनियाँ व्यापारीले खरिद गर्न थाले । उनीबाट पहिलोपल्ट चिनियाँ व्यापारीले प्रतिकिलो ५ लाख रुपैयाँमा यार्चा किनेका हुन् । ‘यार्चाको मूल्य प्रतिकिलो १५ लाख रुपैयाँ हुँदासम्म व्यापार गरें,’ उनले भने, ‘कहिले बिक्री नहुने, बिक्री भए पनि उनीहरूले भनेकै मूल्यमा यार्चा बेच्नुपर्ने, घाटा लाग्न थालेपछि जडीबुटी व्यवसाय छोडेर अहिले कृषि फार्म चलाइरहेको छु ।’ जुम्लाकै अर्का जडीबुटी व्यवसायी मीनबहादुर कठायतले पनि ५ वर्षयता यार्चा संकलन गर्न छाडेका छन् । ‘पाटनमा दुःख गरेर सरकारलाई चर्को कर तिरेर गयो, स्थानीयले भनेकै मूल्यमा किरा किन्यो,’ उनले...
चीनले नेपाली भूमि कब्जा गरेको भन्दै फिर्ताको माग गर्दै युवाहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

चीनले नेपाली भूमि कब्जा गरेको भन्दै फिर्ताको माग गर्दै युवाहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ५ साउन – चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको छ । ‘अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भैइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो ।’ अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुन...
सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्न पुस्तक प्रकाशन

सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्न पुस्तक प्रकाशन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ साउन – राजनीतिकर्मी, परोपकारी, लेखक तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। पुस्तक छिट्टै बजारमा उपलब्ध हुनेछ।‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन्।उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ।’ नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारा...
सिमा विवाद बढेपछि चीन संयुक्त सीमा अनुगमन गर्ने

सिमा विवाद बढेपछि चीन संयुक्त सीमा अनुगमन गर्ने

अपराध, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ साउन – नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो । लामो समयदेखि नेपाल–चीनबीच संयुक्त सीमा निरीक्षण नभएकाले आपसी परामर्शद्वारा उक्त कार्य अघि बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिईन्। अनुगमन गर्ने र देखिएका विषयलाई संयुक्तरुपमा प्रतिवेदन तयार हुने उनले जनकारी दिईन्। “अनुगमनका लागि एउटा मोडालिटी तयार गर्न बाँकी नै रहेको र त्यसपछि मात्रै कहाँ जाने, कसरी जाने, कहाँबाट अनुगमन गर्ने, भनेर एकीकृत फ्रेमवर्क तयार भएर जानेछ”, लम्सालले...