
नेपालगन्ज, ८ साउन – भारत नेपाल मैत्री पत्रकार संघको आयोजनामा शनिबार नेपालगन्जमा एक कार्यक्रम गरी नेपालगन्जका केही पत्रकारहरुलाई सम्मानित गरिएको छ ।

भारतका प्रिन्ट एवम् इलेक्ट्रानिक अनर्लिस्ट एसोसिएशनका राष्ट्रिय अध्यक्ष गिरीश चन्द कुशवाहाको प्रमुख आतिथ्यतामा नेपालगन्जका वरिष्ठ पत्रकार तथा जनमत अर्धसाप्ताहिकका सम्पादक/प्रकाशक पूर्णलाल चूकेलाई सम्मानित गरिएको हो ।

यसैगरी विगत १४ वर्षदेखि समाज जागरण साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका प्रकाशक/सम्पादक चन्द्रेश्वरराज त्रिपाठीलाई समेत सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा कृष्णसार एफएमका सन्ध्या शर्मा, सत्यमखबर डटकमका शुभम शर्मा, हिमालनी हिन्दी मैगजीनका पवन जयसवाललाई समेत उक्त अवसरमा सम्मानित गरिएको थियो ।

कार्यक्रमको आयोजना राष्ट्रिय सचिव तथा भारत – नेपाल पत्रकार मैत्री संघका अध्यक्ष शेरसिंह कसौधनले गरेका थिए भने कार्यक्रममा प्रिन्ट एवम् इलेक्ट्रानिक अनर्लिस्ट एसोसिएशनका राष्ट्रिय सचिव उत्तराखण्डका राजेश गुप्ताको सहभागिता रहेको थियो ।


