Sunday, June 28सत्यम खबर
Shadow

आस्था

भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाइ

भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाइ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ साउन –नेपाल विद्युत प्राधिकरणले भारत संग विजुली बेचेर रामै पैसा कमाउन सफल भएको छ । नेपाल विद्युत उत्पादन गरेर आत्मनिर्भर बन्ने तर्फ उन्मुख भइरहदा हरेक क्षेत्रबाट प्राधिकरण प्रशंसाको पात्र बनेका छन् । नेपालले दुई महिनामा भारतलाई बिजुली बेचेर साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्वीटरमार्फत् यस्तो जानकारी गराएका हुन् । नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत निर्यात शुरु गरेको थियो । ‘शुभ समाचार भन्दै’ प्रबन्ध निर्देशक घिसिङ्ले लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाएको छ ।’ नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली निर्यात गरिरहेको छ । दुई देशबीच भएको सहमतिअनुसार नेपालले भारतलाई ...
चीनमा बढ्दो सैन्य उपस्थितिले चिन्ता

चीनमा बढ्दो सैन्य उपस्थितिले चिन्ता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ साउन –चीनले प्रायः पूर्वी चीन र दक्षिण चीन सागरका देशहरूको क्षेत्रीय जल सीमाको उल्लङ्घन गर्दै सैन्य गतिविधिहरू बढाउँदा विश्व शान्ति र सुरक्षाप्रति चिन्ता बढाएको छ। एसियन लाइट इन्टरनेशनलमा प्रकाशित एउटा लेखमा जापानले जुलाई ४ मा विवादित पूर्वी चीन सागर टापुहरूमा केही मिनेटका लागि आफ्नो क्षेत्रीय पानीको बाहिर चिनियाँ र रुसी युद्ध पोतहरू देखेको उल्लेख छ। सेन्काकु टापुहरू ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो भूभागको अन्तर्निहित हिस्सा भएको दाबी गर्दै जापानले जापानी भूमि, क्षेत्रीय जल तथा हवाई क्षेत्रको सुरक्षाका लागि सरकारले शान्त तर दृढताका साथ यस विषयमा समाधान गर्ने बताएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नजिकैको पानीमा चिनियाँ जहाजको गतिविधि वैध र जायज रहेको दाबी गरे। चीन विरोधी भावना र सुरक्षा खतराको बलियो अण्डरकोटको बीचमा भूराजन...
सभामुख पेलोसीकाे एशिया भ्रमण स‌ङकास्पद

सभामुख पेलोसीकाे एशिया भ्रमण स‌ङकास्पद

आस्था, राजनीति, विदेश, समाचार
काठमाण्डौ, १८ साउन –मेरिकाकाे तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आशंकापूर्ण रुपमा एशियाली भ्रमणमा निस्कनु भएको छ । औपचारिक रूपमा दक्षिण पूर्वी एशियाली देशहरू सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने बताइएपनि उहाँ ताइवान पनि पुग्नसक्ने आशंका गरिएको छ । चीनको कम्युनिष्ट शासनको कट्टर आलोचक पेलोसीलाई राष्ट्रपति जो बाइडेन र अमेरिकी सेनालेसमेत अहिले ताइवान नजान सल्लाह दिएको भए पनि उहाँ ताइवान पुग्न सक्ने अनुमान गरिएको छ । उहाँले ताइवान भ्रमणको कार्यक्रम बनाएपछि चीनले कडा प्रतिक्रिया जनाउँदै आएको छ । चिनियाँ सेनाले सभामुख पेलोसी ताइवान आए चूप लागेर नबस्ने भन्दै ताइवानमाथि सैन्य कारबाहीको संकेत पनि गरिरहेको छ । तर, आफ्नो निर्णयमा जिद्दी स्वभावकी सभामुख पेलोसी कति बेला ताइवान पुग्नुहुन्छ भन्न नसकिने अवस्था छ । सभामुख पेलोसीको साथमा प्रतिनिधिसभाका ५ जना सांसद...
थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

थुकैलाबाट गाईको मासुसहित २ जना पक्राउ

अपराध, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित थुकैलामा चौलिक्का पछाडी गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा गाई काट्दै गरेको अवस्थामा प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ थुकैलाका ४६ बर्षिय सलाउद्दिन जोलाहा र सोही स्थानका ५३ बर्षिय बदरुद्दिन जोलाहालाई गाईको मासुसहित रंगेहात पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिव एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ ।...
अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए

अमेरिकी हवाई आक्रमणमा अल-कायदाका प्रमुख नेता मारिए

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ साउन – अमेरिकी कारबाहीमा अल–कायदाका प्रमुख नेता मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल– कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका हुन्। नेता जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्। टेलिभिजनमा सम्बोधन गर्दै बाइडेनले जवाहिरीको मृत्यु भएको पुष्टि गरेका हुन्। बाइडेनले उनको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गरेका छन्। राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको दाबीसमेत गरेका छन्। ‘न्याय प्रदान गरिएको छ, र यो आतंकवादी नेता अब रहेन’, राष्ट्रपति बाइडेनले भनेका छन्। बाइडेनले देशलाई हानी पुर्याउन खोज्नेहरूको विरुद्ध आफू निरन्तर लाग्ने समेत जानकारी गराएका छन्। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए।...
नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष

नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष

आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
उद्धवप्रसाद भटृराई१७ श्रावण २०७९, मंगलबारनागको अर्थ प्राण हो। प्राणको पूजा नाग पूजा हो। प्राण भएको कारणले नै जीव, जन्तु, पंक्षी र किरालाई प्राणी भनिएको हो। त्यसैले सम्पूर्ण प्राणीमा प्राणको निवास छ। यसैले डरलाग्दो, डस्न सक्ने वा विषालु भएर पनि सर्पको पूजा गर्नुको अर्थ प्राणको पूजा गरिएको हो। अरु प्राणीको पूजा गर्न त्यति कठिन छैन। तर, सर्पको पूजा गर्न मानिसले चाहँदा पनि चाहँदैन वा चाहेमा पनि गर्न गाह्रो हुन्छ। वास्तविक प्राणको पूजा गर्ने हो भने सबै प्रकारका जीव, जन्तु र किराको पूजा गर्नुपर्ने हुन्छ। नागको पूजा पञ्चमी तिथिलाई लिनुको अर्थ पञ्चमी शिवप्रीय तिथि हो। श्रावण महिना यसै पनि शिव प्रीय महिना र अर्को पञ्चमी तिथि झनै पवित्र दिन भएकोले यस दिन नागको विशेष पूजा गर्नु स्वभाविक हुन्छ। यसैले नागको पूजा गर्नको लागि श्रावण शुक्ल पञ्चमीको दिनलाई विशेष रुपमा मान्दै आएको पाइन्छ। हाम्रा चाडप...
चीन सागरमा बढ्दो चीन र रुसको सैन्य उपस्थितिले चिन्ता

चीन सागरमा बढ्दो चीन र रुसको सैन्य उपस्थितिले चिन्ता

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ साउन –चीनले प्रायः पूर्वी चीन र दक्षिण चीन सागरका देशहरूको क्षेत्रीय जल सीमाको उल्लङ्घन गर्दै सैन्य गतिविधिहरू बढाउँदा विश्व शान्ति र सुरक्षाप्रति चिन्ता बढाएको छ। एसियन लाइट इन्टरनेशनलमा प्रकाशित एउटा लेखमा जापानले जुलाई ४ मा विवादित पूर्वी चीन सागर टापुहरूमा केही मिनेटका लागि आफ्नो क्षेत्रीय पानीको बाहिर चिनियाँ र रुसी युद्ध पोतहरू देखेको उल्लेख छ। सेन्काकु टापुहरू ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो भूभागको अन्तर्निहित हिस्सा भएको दाबी गर्दै जापानले जापानी भूमि, क्षेत्रीय जल तथा हवाई क्षेत्रको सुरक्षाका लागि सरकारले शान्त तर दृढताका साथ यस विषयमा समाधान गर्ने बताएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नजिकैको पानीमा चिनियाँ जहाजको गतिविधि वैध र जायज रहेको दाबी गरे। चीन विरोधी भावना र सुरक्षा खतराको बलियो अण्डरकोटको बीचमा भूराजनीतिक...
श्रीलंकामा असफल भयो चिनियाँ मोडेल

श्रीलंकामा असफल भयो चिनियाँ मोडेल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ साउन – श्रीलंका, जसलाई केही बर्ष अघिसम्म दक्षिण एशियाको मोति भनिन्थ्यो। मुलुकको भौगोलिक आकार आँशुको थोपा जस्तो देखिए पनि यहाँका नागरिक दक्षिण एशियाकै सबैभन्दा बढी सम्पन्न र खुशी मानिन्थे। मुलुकको कुल ग्रहास्थ उत्पादन २३४ बिलियन डलर बराबर पुगेको थियो। यो दक्षिण एसिया कै बलियो अर्थतन्त्रको सूचक हो। वार्षिक आर्थिक वृद्धिदर औसतमा ७ दशमलव ४५ प्रतिशत रहेको श्रीलंकाली नागरिकको प्रतिव्यक्ति आय सन् २०१९ सम्म पनि ११ हजार ६९ डलर थियो। विश्व श्रम बजारबाट श्रीलंकाली कामदारले भित्र्याउने रेमिट्यान्स पनि उच्च थियो। वार्षिक ६ बिलियन अमेरिकी डलर रेमीट्यान्सका रुपमा आइरहेको थियो। रबर, चिया, नरिवल, तमाखुं, दुर सञ्चार,, बैंकि¨ प्रणाली, गार्मेन्ट तथा बहुमुल्य पत्थर जस्ता माध्यमबाट गरिबी निवारणमा ठूलो फड्को मारेको श्रीलंकामा आर्थिक संकट सुरुहुनु अघि गरिबीको रेखामुनी रहेका नागरिकको संख्या ४ दशमल...
नेपालगन्जमा प्रेम प्रकाश मल्लको ८७ औं जन्मजयन्ति मनाइयो

नेपालगन्जमा प्रेम प्रकाश मल्लको ८७ औं जन्मजयन्ति मनाइयो

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ साउन - सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८७ औं जन्मजयन्ति यहाँ एक साहित्यिक कार्यक्रमका वीच मनाइएको छ ।भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा स्व.मल्लको ८७ औं जन्मजयन्ति शनिवार “प्रेम प्रकाश मल्ल “महेन्द्र मधुकर” पुरस्कार अर्पण तथा स्रष्टा सम्मान” कार्यक्रमको आयोजना गरी मनाइएको हो ।रुकुम जिल्लाको मुसीकोट, सेरिगाउँमा जन्मनु भएका मल्लको वि.सं. २०७२ साल वैशाख ११ गते विनासकारी महाभूकम्पको अघिल्लो दिन निधन भएको थियो ।जेष्ठ छोरी/जुवाई वाणीश्री मल्ल, बखतबहादुर मल्ल र भेरी साहित्य समाजद्वारा स्थापित प्रेम प्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्ने क्रममा बाँके निवासी वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व सदस्य सचिव सनत रेग्मीलाई नगद रकम ५० हजार १ सय ११ रुपैयाँ सहितको पुरस्कार र सम्मानपत्र प्रदान गर...
उइगर अधिकारकर्मीद्वारा एफआईभीबीमा चीनको सहभागिताविरुद्ध टर्कीमा प्रदर्शन

उइगर अधिकारकर्मीद्वारा एफआईभीबीमा चीनको सहभागिताविरुद्ध टर्कीमा प्रदर्शन

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
इस्तानबुल, १४ साउन – उइघुर समुदायको अधिकारको वकालत गर्दै आएको अन्तर्राष्ट्रिय पूर्वी तुर्किस्तान एनजीओ सङ्घका धेरै कार्यकर्ताहरूले बिहीबार टर्कीको एक भलिबल स्टेडियममा घुसपैठ गरे र चीन र इटालीबीचको निर्धारित खेल अवरुद्ध गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। युनियन अफ इन्टरनेशनल ईस्ट तुर्किस्तान एनजीओका कार्यकर्ताहरूले टर्कीको अंकारा रङ्गशालामा आयोजना भइरहेको एफआईभीबी भलिबल वुमेन्स नेसन्स लिगमा चीनको सहभागिताको विरुद्धमा प्रदर्शन गरिरहेका थिए। तर, स्थानीय अधिकारीहरूले कार्यकर्ताहरूलाई खेल अवरुद्ध गर्नबाट रोके र इटालीले खेल ३-१ ले जित्यो। टर्की वरिपरि शृङ्खलाबद्ध प्रदर्शनहरू भए। विश्वभरका धेरै मानवअधिकार कार्यकर्ताहरूले उपघुरहरू विरुद्ध चीनको अत्याचारबारे विरोध प्रदर्शन गरिरहेका छन्। विशेष गरी ५ जुलाई २००९ मा भएको उरुम्की नरसंहारको १३ औँ वार्षिकोत्सवको सम्झनामा उइघुर डायस्पोराका ला...