कांग्रेस नेता निधि र भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले बीच भेट
काठमाण्डौ, १९ साउन –पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बीच भेट भएको छ ।
नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल –भारत दुई देश साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायत विषयमा छलफल भएको थियो ।
यस अवसरमा कांग्रेसका पूर्व उपसभापति समेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए।
यसले दुई देशबीच रहेको आदि कालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने नि...









