
काठमाण्डौ, १८ साउन –नेपाल विद्युत प्राधिकरणले भारत संग विजुली बेचेर रामै पैसा कमाउन सफल भएको छ । नेपाल विद्युत उत्पादन गरेर आत्मनिर्भर बन्ने तर्फ उन्मुख भइरहदा हरेक क्षेत्रबाट प्राधिकरण प्रशंसाको पात्र बनेका छन् ।

नेपालले दुई महिनामा भारतलाई बिजुली बेचेर साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्वीटरमार्फत् यस्तो जानकारी गराएका हुन् । नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत निर्यात शुरु गरेको थियो ।
‘शुभ समाचार भन्दै’ प्रबन्ध निर्देशक घिसिङ्ले लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाएको छ ।’
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली निर्यात गरिरहेको छ । दुई देशबीच भएको सहमतिअनुसार नेपालले भारतलाई ३६४ मेघावाटसम्म विद्युत निर्यात गर्न पाउने छ । नेपालका ६ वटा जलविद्युत आयोजनामा उत्पादित विद्युत् खरिद गर्न भारतले सहमति जनाएको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।
